पार्टी एकता गर्न छलफल चलिराखेको छ : विप्लव
'भातका लागि चन्दा मागिन्न, ३ वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाउने लक्ष्य राखेका छौं'
पोखरा । सरकारी पक्षसँग वार्ता सफल भएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) २०७७ फागुन २१ गते सार्वजनिक भए । त्यसको २ वर्षअघि सरकारले प्रतिबन्ध लगाएसँगै उनी भूमिगत भएका थिए । सरकारी पक्षसँग वार्ता सफल भएपछि विप्लव सार्वजनिक भएका थिए । सार्वजनिक भएपछि भने उनी सक्रिय राजनीतिमा आउन खोजिरहेका छन् । उनले देशका विभिन्न ठाउँमा गएर कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् ।
पछिल्लो समय भने विप्लव नेकपा माओवादी केन्द्रसहित दलहरुको समाजवादी मोर्चा बनाएर अगाडि बढिरहेका छन् । उनले मोर्चाको कार्यक्रममै मोर्चालाई एकीकरण गर्ने र नेपालकै ठूलो कम्युनिष्ट पार्टी बनाउने दाबी गर्दै आएका छन् । यसो त उनी पछिल्लो समय माओवादीसँग एकताको छलफलमा पनि छन् । नेकपा र समाजवादी मोर्चाको विषयमा उनै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग गरिएको कुराकानीः
– तपाईंको पार्टीसमेत सामेल भएर बनेको समाजवादी मोर्चाको लक्ष्य के हो ?
समाजवादमा हामी एकदमै क्लियर भएका छौं । जनताले समाजवाद चाहनु भनेको राज्यले स्वीकार्नु हो, स्वीकार्नुपर्छ । कम्युनिष्टहरु युद्धवादी हुँदैनन् । कम्युनिष्ट नै शान्तिवादी हुन् । शान्तिका दूतहरु नै कम्युनिष्टहरु हुन् । तर, फेरि विभेदित दुनियाँ, उत्पीडित दुनियाँ, शोषण रहेका दुनियाँमा चाहिँ कम्युनिष्ट विद्रोही पनि हुन् । विद्रोहका प्रतिनिधिहरु पनि हुन् । सम्भव हुन्छ, हामी शान्तिपूर्ण समाजवादमा जान्छौं । हुँदैन भने जनताका तागतद्वारा पनि समाजवादमा पुग्नुपर्छ ।
– ‘हामी फुट्नमात्रै होइन, मिल्न पनि जानेका छौं’ भन्नुभो । अहिले समाजवादी मोर्चा बनाएर हिँड्नुभएको छ । के के कुरा मिल्यो र मोर्चामा जानुभो ?
देशमा जब समस्या आउँछ, विदेशी तत्वहरु, सामाज्यवादीहरु हस्तक्षेप गर्न थाले भने सबैको एकता अनिवार्य हुन्छ । त्यसमा त कम्युनिष्टमात्र होइन, देशका सबै शक्तिको कुरा आउँछ । लोकतन्त्रवादी शक्तिहरुको कुरा आउँछ । अर्को जनताको अधिकारको कुरा हो । जनताले आफ्नो अधिकारको माग गर्दा र त्यसको नेतृत्व पार्टीहरुले गर्दिऊन् र त्यो पनि कम्युनिष्ट पार्टीले गर्दिऊन् भन्दा त्यहाँ एकताको पहिलो ढोका खुल्छ । त्यसपछि गएर जनजीविकाका विषय छन्, महँगी, भ्रष्टाचार, सुशासनलगायत यावत कुरालाई सम्बोधन गर्न पनि सबै एकताबद्ध हुनुपर्छ ।
– तपाईंले भनेको समाजवाद र अरु शक्तिले भनेको समाजवादमा के फरक छ ?
पहिलो कुरा त समाजवाद भन्नु आफैंमा सुखद कुरा हो । पूँजीवादको दबदबा छ संसारमा । नेपालका राजनीतिक शक्तिहरु संसदीय व्यवस्थाबाट हुँदैन भनेर समाजवादमा जानुपर्छ भनेर नीति बनाउनु, विचार बनाउनु र सहमत हुनु ठूलो सुखद कुरा हो । दोस्रो, यो भनेको पार्टीको कुरा होइन, जनताको कुरा हो । नेपाली जनताले समाजवाद चाहन्छन् । त्यसकारण पार्टीहरु यसलाई नीतिमा ढाल्न बाध्य छन् अथवा बुझेका छन् ।
जनताले आफ्नो अधिकारको माग गर्दा र त्यसको नेतृत्व पार्टीहरुले गर्दिऊन् र त्यो पनि कम्युनिष्ट पार्टीले गर्दिऊन् भन्दा त्यहाँ एकताको पहिलो ढोका खुल्छ । त्यसपछि गएर जनजीविकाका विषय छन्, महँगी, भ्रष्टाचार, सुशासनलगायत यावत कुरालाई सम्बोधन गर्न पनि सबै एकताबद्ध हुनुपर्छ ।
तेस्रो, समाजप्रति उत्तरदायी भएर सोच्ने सिद्धान्त हो । नागरिकप्रति जिम्मेवार जवाफदेही भएर सोच्ने सिद्धान्त हो । जनताका आधारभूत आवश्यकताहरु राज्यले स्वामित्व लिने गरी नीति निर्माण गर्नु समाजवाद हो । पूँजीवादमा त्यस्तो हुँदैन । गर्नेले गर, मर्नेले मर भन्ने छुट छ । समाजवादमा त्यो भन्न पाइँदैन ।
– यो चाहिँ मोर्चाको कुरा भयो, पार्टी एकताका लागि चाहिँ के कुरा मिल्नुपर्छ ?
पार्टी एकताका लागि हाम्रो छलफल चलिराखेको छ । त्यसका लागि हाम्रो विचार मिलेको छ । समाजवादको लक्ष्य मिलेको छ । लक्ष्यमात्र नभएर जाने मार्ग मिलेको छ । कम्युनिष्ट पार्टी कस्तो बनाउने भन्ने मिलेको छ । संघर्षका स्वरुप कस्तो हुने भन्ने मिलेको छ । संस्कृति, अर्थतन्त्र कस्तो हुने भन्ने मिलेको छ । यी कुराहरु कम्युनिष्टको बीचमा धेरै टाढा छैन । तर, अझ नजिक ल्याउन एकता आवश्यक छ ।
– पहिले एउटै पार्टीमा हुनुहुन्थ्यो, पार्टी एकता गर्दा माओावादीले तपाईंलाई महासचिव स्वीकार्न तयार छ भन्ने पनि सुनिन्छ ? के यो सत्य हो ?
पहिलो, मोर्चाका कुरा निर्णयमा पुगेको छ । मोर्चाका कुरा आधिकारिक हो । दोस्रो, एकताका कुरामा हामी प्रवेश गरिसकेका छैनौं । एजेण्डा बनाएर एकता गरौं भनेर प्रवेश गरेका छैनौं । तर, नीतिगत, सैद्धान्तिक ढंगले सबैले मानेका छौं कि अब माओवादी आन्दोलनको एकता वस्तुगत आवश्यकता भएको छ । त्योमात्रै होइन भविष्यमा कम्युनिष्ट आन्दोलन समेतलाई हामीले एकताबद्ध बनाउनुपर्ने देखिन्छ ।
यो त नीतिगत सिद्धान्तको कुरा भयो । तर, कार्यकर्ता जनता र नेताहरुको छलफलमा चाहिँ माओवादीहरु मिल्नुपर्छ भन्ने चाहना, सुझाव र आवश्यकताको बारेमा ठूलो छलफल चलिराखेको छ । त्यसअन्तर्गत कमरेडहरुले भावना व्यक्त गर्नुभएको त्यसलाई सम्मान गर्छु । तर, यो चाहिँ टुंगिएको कुरा होइन । आन्दोलनमा लड्न, भिड्दै सँगै आएका हौं । त्यसकारण यस्तो भैदिए हुन्थ्यो भन्ने जो जो कमरेडहरुले शुभेच्छा राख्नुभएको छ । सद्भाव राख्नुभएको छ । त्यो त सम्मानको कुरा हो । तर, निष्कर्षमा पुगेको कुरा होइन ।
– जनयुद्धको अगुवामध्येको एक हुनुहुन्थो, अब फेरि क्रान्ति आवश्यक छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ ?
क्रान्तिका उपलब्धिहरु कमजोर हुनुको कारण नयाँ बनेको परिस्थितिअनुसार क्रान्तिलाई निरन्तर जनतामाझ लग्न नसक्नु हो या विजयी भएको आन्दोलनलाई राजनीतिक रुपले संश्लेषण गर्नु नसक्नु अथवा कमी हुनु यसको कारण हो । जब हामी त्यो कुरालाई बदल्ने विचारहरु, नीतिहरु अगाडि सार्छाैं र हामी जनतालाई विश्वस्त बनाउँछौं । आजसम्म सन्तुष्ट छैनन् ।
पूँजीवादको दबदबा छ संसारमा । नेपालका राजनीतिक शक्तिहरु संसदीय व्यवस्थाबाट हुँदैन भनेर समाजवादमा जानुपर्छ भनेर नीति बनाउनु, विचार बनाउनु र सहमत हुनु ठूलो सुखद कुरा हो । दोस्रो, यो भनेको पार्टीको कुरा होइन, जनताको कुरा हो । नेपाली जनताले समाजवाद चाहन्छन् । त्यसकारण पार्टीहरु यसलाई नीतिमा ढाल्न बाध्य छन् अथवा बुझेका छन् ।
यो सन्तुष्टि दिन हामी नयाँ मोर्चा बनाएका छौं । जस्तो कि नेपालको विशेषताको समाजवाद बनाएका छौं । जब हामी त्यो समाजवाद प्रवाह गर्छाैं । विचारले क्रान्तिको निर्माण गर्छ । त्यसकारण हामीलाई के विश्वास छ भने अहिलेको संसदीय व्यवस्था दलाल पूँजीवादी व्यवस्थाप्रति जनता असन्तुुष्ट छन् भने यसको समाधान समाजवादतर्फ हिँड्छौं । त्यतिबेला अर्काे क्रान्तिको विकास हुन्छ ।
– कहिले तपाईं रहेको त कहिले नरहेको पार्टीको नाम नेपालमा धेरैपटक परिवर्तन भइरहेका छन्, अहिले तपाईंहरु नेपाल कम्युनिष्ट पार्टीकै नाममा हुनुहुन्छ । यसको तत्कालीन र दीर्घकालीन अर्थ के छ ?
नेपालको परिवर्तनकारी आन्दोलन भनेको कम्युनिष्ट आन्दोलन नै हो । कम्युनिष्ट पार्टी नै हो । आजको गणतन्त्र, संघीयता जे छ, यहाँसम्म जे परिवर्तन भएको छ, त्यसको नेतृत्व गर्ने कम्युनिष्टहरु हुन् र माओवादीहरु हुन् । अर्को कुरा दीर्घकालीन ढंगले नेपालको स्वाधीनतालाई सुरक्षित गर्ने हो र नेपाली जनतालाई सम्पूर्ण तरिकाले अधिकार सम्पन्न बनाउने हो । देश समृद्ध बनाउन कम्युनिष्ट पार्टीको नेतृत्वबाहेक अरुबाट सम्भव छैन । किनकि अन्यत्र दलाल पूँजीवाद हाबी छ । यो कुरा हामीले प्रस्ट देख्छौं । यसकारण हामीले भन्न सक्छौं कि अल्पकालीन रुपमा हेर्नुभयो भने पनि परिवर्तनको बाहक कम्युनिष्ट नै हो । दीर्घकालीन रुपमा यो परिवर्तनलाई रक्षा गर्दै निकास दिने पनि कम्युनिष्टले नै हो ।
– राजनीतिक रुपमा पहिचान हुने नयाँ शक्तिको उदय भएका छन् । तपाईंहरु पनि यही परिवेशमा हुनुहुन्छ । यसलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
यो चाहिँ प्रजातन्त्र र कम्युनिष्टभन्दा फरक धारको भन्नुभो । त्यो भनेको खासगरी संसदीय व्यवस्थाको असफलता हो । दलाल पूँजीवादी संस्थाले ल्याएको आर्थिक र राजनीतिक संकट छ, त्यो संकटलाई तार्किक ढंगले कम्युनिष्ट र कम्युनिष्टहरुको टाउकोमा हाल्ने कोसिस जुन भयो, त्यो तार्किक कुरामात्रै हो । त्यो तथ्यपूर्ण होइन । तथ्यपूर्ण कुरा के हो भने यो संकट भनेको दलाल पूँजीवादी संस्थाको संकट हो । तर, तार्किक ढंगले जुन कम्युनिष्टको विरुद्धमा र एकहदसम्म कांग्रेसमा जो हालियो । त्यसपछि नयाँ शक्तिहरु आउने वातावरण बनेको हो । त्यो भनेको प्रतिक्रियात्मक र असन्तुष्टिको एउटा परिणाम हो भनेर हामीले भन्न सक्छौं । तर, त्यो फेरि फरक धार होइन, यथास्थितिवादी, व्यवस्था यही ठिक छ भन्ने र अवस्थामात्र फेर्नुपर्छ भन्ने दृष्टि हो । त्यस अर्थमा त्यसमा चाहिँ कुनै नयाँपन छैन ।
– तपाईंको पार्टी निर्माण र क्रान्ति अभियान कहाँ पुग्यो । यसले उपलब्धि के हासिल गर्यो ?
पहिलो कुरा, २०६५/६६ सालपछि क्रान्ति पूर्ण भएको छैन । सत्ता जनताको हातमा आएको छैन । जनता सत्ताको लायक बन्न चाहन्थे, हामी बनाउन चाहन्थ्यौं । तर, बीचमै दलाल पूँजीवादी वर्गले हत्या गर्छ । तर, सम्पूर्ण उसको हातमा पनि छैन । सत्ता सञ्चालनका विभिन्न क्षेत्रमा क्रान्तिकारीहरु या परिवर्तनकारी कम्युनिष्टहरु पनि छन् । यस्तो अवस्था छ । त्यो कुरालाई हामीले हिजो भनेका थियौं, यो व्यवस्थामा समाधान हुँदैन भन्ने जो सावित भयो । अहिले सबै जनता कहाँ पुगेका छन् भने अहिलेको संसदीय प्रणाली, अहिले राज्य प्रणाली जुन छ, यो चाहिँ चल्दैन । यसले अस्थिरताभन्दा अर्काे ल्याउँदैन भन्नेमा राजनीतिक नेता, कार्यकर्ता, जनता पुगेका छन् । यो हाम्रो सफलता हो ।
दोस्रो कुरा, देशलाई समाजवादतर्फ नपुर्याएसम्म स्थिरता हुँदैन । जनताका चाहनाहरु सम्बोधन गरून् भन्ने हाम्रो चाहना छ । खासगरी सुदूरवासी, मजदुर, गरिब, श्रमिक जनता, दलित जनजातिहरुको समस्या सम्बोधन हुँदैन भन्ने थियो । त्यो पनि सावित भएको छ । त्यसको वरिपरि नयाँ ध्रुवीकरण सुरु भएको छ । यस अर्थमा हामी त्यसमा पनि सफलता लिन्छौं । बाँकी ल्याउने गरीका कुरा छन्, अब त्यसलाई सार्थक बनाउने जुन योजना छ । त्यसमा विस्तारै बलियो बनाउँदै गएको देखेका छौं । भर्खरै हामीले मोर्चा बनाएका छौं । त्योभन्दा ठूलो विशाल मोर्चा बनाउन बहस सुरु भएको छ । केको लागि भन्दाखेरि अहिले असन्तुष्टि र अपूर्णताहरुलाई पूर्णता दिने र एउटा परिवर्तन सुनिश्चित गर्ने भएपछि हामी खुशी नै छौं ।
– तपाईं जब क्रान्ति उठाउने चरणमा हुनुहुन्थ्यो, त्यो बेला नेपाल कृषिमै आधारित थियो । गाउँहरु युवाविहीन छन्, खेतीयोग्य जमिन बाँझो भइसक्यो । तपाईं क्रान्ति गर्छु, ठूलो उद्योग स्थापना गर्छु भन्नुहोला । जनशक्ति अभाव हुने अवस्था छ, अर्थतन्त्र पूरै परनिर्भर भएको छ । जनजीविकाको यो पक्षलाई चाहिँ तपाईंले कसरी नियाल्नुभएको छ ?
यो कुरा एकदमै गम्भीर छ । २०६६/६८ सालपछि माओवादी आन्दोलनमा यो बहस भएको थियो । अहिले निकै नै चर्काे भएको अनुभूति सबैलाई भएको छ । यसमा राज्यले एउटा खालको नीति बनाउनुपर्छ । पलायन भएका दक्ष जनशक्ति नेपालमै रोक्नुपर्छ ।
समाजवादको लक्ष्य मिलेको छ । लक्ष्यमात्र नभएर जाने मार्ग मिलेको छ । कम्युनिष्ट पार्टी कस्तो बनाउने भन्ने मिलेको छ । संघर्षका स्वरुप कस्तो हुने भन्ने मिलेको छ । संस्कृति, अर्थतन्त्र कस्तो हुने भन्ने मिलेको छ । यी कुराहरु कम्युनिष्टको बीचमा धेरै टाढा छैन । तर, अझ नजिक ल्याउन एकता आवश्यक छ ।
हामी युवामा जनयुद्धमा लागेका थियौं । नेपालमा हामी साँच्चै नै परिवर्तन गरिसक्यौं । अहिले समृद्ध देश बनाउने सपनासहित हामी लडिराखेका छौं । अहिलेका हाम्रा छोराछोरीमा केही प्रश्नहरु छन् । तर, त्यो सपना जोगाउन सकिन्छ, बनाउन सकिन्छ । आफ्नो देश नबनाएसम्म कसैको दया, माया र रोजगारीले कुनै पनि समस्या हल हुँदैन । त्यसकारण मैले छोराछोरीलाई भनेको छु । राम्रोसँग पढ्नुपर्छ । राम्रोसँग मेहनत गर्नुपर्छ । तर, आफ्नो देश छोड्नुहुँदैन । श्रम गर्नु सिकाउनुपर्छ, अनुसन्धान गर्न सिकाउनुपर्छ । त्यो हामीले गर्नैपर्छ । प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, १२ कक्षा पढेर पलायन हुनेलाई रोक्न कानूनी उपाय अपनाउनुपर्छ । राज्य यति लापरबाही हुनुहुँदैन भन्ने मेरो सुझाव छ ।
– पार्टीलाई चन्दा उठाउने हतियारको रुपमा प्रयोग गरेको भन्ने पनि सुनिन्छ । यस्ताखालका विकृतिलाई कसरी रोक्नुहुन्छ र जनतालाई विश्वास दिलाउनुहुन्छ ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । तपाईंले सुन्नु पनि भयो होला । मैले नवौं महाधिवेशनमा प्रस्ताव पेस गरेको छु । पास पनि भइसकेको छ । चन्दालाई निजी जीवन धान्ने माध्यम वा साधन बनाउन दिनुहुँदैन । पार्टीलाई निजी स्वार्थपूर्ति गर्ने साधन बनाउनु हुँदैन । पार्टी जनताको सेवा गर्ने साधन हो । पार्टी भनेको देशको नेतृत्व गर्ने अभिभावक हो । त्यसलाई निजी स्वार्थमा दुरुपयोग गर्न हुँदैन भन्नेमा हामी एकदमै सचेत छौं । दोस्रो कुरा हाम्रो पार्टीले आत्मनिर्भरताको सिद्धान्तलाई आत्मसात गर्छ । आत्मनिर्भर नेताको नीतिलाई अघि सारेको छ । यो लागू भएको छ । हाम्रा सयौं नेता तथा कार्यकर्ताहरु खानाका लागि चन्दा माग्नु नपर्ने ठाउँमा आइपुगेका छौं । कम्तीमा हाम्रो कार्यालय, मुख्य मुख्य नेताहरुमा अहिले त्यो छैन ।
त्यसपछि हामीले ३ वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाउने लक्ष्य राखेका छौं । हामी गर्छौं नै । नेताहरु मुक्त हुँदै हुनुहुन्छ, त्यसपछि गएर तत्लो तहमा मुक्त हुँदै हुनुहुन्छ र तुरुन्तै हामी सक्दैनौं । तर, ३ वर्षको लक्ष्य छ । अर्को महाधिवेशनसम्म चन्दामुक्त बनाउँछौं, भातका लागि है । पार्टी चलाउन चाहिन्छ । आफ्नो ज्यान पाल्न र परिवार पाल्न चन्दाका कुरा टोटल हामी बन्द गर्छाैं । त्यो चाहिँ हाम्रो प्रतिबद्धता छ । त्यसो भएर हामीले ढोका पनि खोलेका छौं उत्पादनमा । हामीले पहिले २५, ३० बिघामा गरेका थियौं । बीचमा त्यो बढेर ६० बिघा पुगेको थियो । कार्यकर्ताको उत्साहपूर्ण सहयोग र सर्मथनले अहिले ११० बिघामा पुगेका छौं ।
त्यसलाई हामीले बढाउन सक्यौं भने राज्यसँग तालमेल मिल्यो अथवा अन्य विभिन्न संस्थासँग तालमेल भयो भने आउँदो समयमा निकै बढ्नेछ । यसले जनतालाई नेतृत्व गरेको छ भन्ने हाम्रो बुझाइ हो । यस कारण चन्दा जो मान्छेका लागि भन्ने, देखाउने बहाना बनेको छ । कमजोरी पनि छ । कमजोरीमा हामीले चेक गर्छौं । जसले बहाना बनाउँछ, त्यसलाई रुपान्तरण गर्ने कुरा हो ।