कोशीमा उद्धव थापा पदमुक्त, ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्की मुख्यमन्त्री – Nepal Press

कोशीमा उद्धव थापा पदमुक्त, ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्की मुख्यमन्त्री

कठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै उनी पदमुक्त हुने आदेश दिएको छ ।

थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।

 


प्रतिक्रिया

2 thoughts on “कोशीमा उद्धव थापा पदमुक्त, ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्की मुख्यमन्त्री

  1. संविधानको रक्षा गर्न गठबन्धन बनेको भनेर अझ पनि झुठ बोल्न छोडदैनन् यि । जनताले त गठबन्धन पालैपालो देश लुटन बनेको हो भन्ने बुझेका छन् । तर दिल्लीका दलालहरू अझै पनि संविधानको रक्षा गर्न गठबन्धन बनेको भन्न छाडदैनन् ।

  2. गठबन्दन को कदम असंबैधानिक !!
    यो मात्र हैन यसका हरेक काम असंबैधानिक र अनैतीक !! यसको जन्म असंबैधानिक र अनैतीक :: किन भने चुनाव अघी पार्टि मिलेर चुनाव लड्नु निर्दलियता को अभ्यास, जनमतको अपहरण अनी लोकतान्त्रिक संबिधान बिपरितको कुरा !! तर संबिधान रक्षा कवच आफु भएको दाबी :: कत्ती झुट, कत्ती बेइमनी अनी कत्ती ठगी राज !! अझ बाँकी छ केही भन्न गर्न !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर