प्रधानमन्त्रीलाई तरुण दलका अध्यक्षको चेतावनी- कि गृहमन्त्रीलाई हटाउनुस् कि आफैं हट्नुस् – Nepal Press

प्रधानमन्त्रीलाई तरुण दलका अध्यक्षको चेतावनी- कि गृहमन्त्रीलाई हटाउनुस् कि आफैं हट्नुस्

‘गृहमन्त्रालयकै योजनामा यादवमाथि आक्रमण भएको आशंका छ’

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । गृहमन्त्री नहटाउने भए आफैं हट्न उनको चेतावनी छ ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका विरुद्ध आयोजित प्रदर्शनपछि सम्वोधन गर्दै गुरुङ आफ्नै पार्टीसमेत सहभागी माओवादी नेतृत्वको सरकारमाथि खनिएका थिए । कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका प्रकट गर्दै उनले यो सरकारलाई अब बोकेर हिँड्न नसक्ने बताए ।
यादवमाथिको आक्रमणमा उनले सिधै गृहमन्त्रीमाथि प्रश्न उठाए ।

विद्वानको उत्तेजक भाषणको एक अंशः

हाम्रो नेतामाथि दिनदहाडै खुकुरी प्रहार भएको छ, उहाँको हत्या गर्ने प्रयास भएको छ, म गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, उहाँसँग मेरो व्यक्तिगत रिसइवी छैन, तर घटनाक्रमले के देखाउँछ भने हत्याराले दायाँबायाँ प्रहरीको सेक्युरिटीमा बसेर मिडियालाई अन्तरवर्ता दिने वातावरण कसले बनायो ? यो आक्रमणको पछाडि अहिलेको सरकार र गृह मन्त्रालयको कुनै न कुनै योजना छ भन्ने हामीलाई शंका लागेको छ ।

अहिलेको गृहमन्त्रीमाथि हामीलाई विश्वास छैन । हाम्रो पार्टीका साथी र सुरक्षाकर्मीको काँधमाथि बन्दुक राखी पड्काउने काम माओवादीले गरेको छ । म सुरक्षा निकायलाई पनि चेतावनी दिन चाहन्छु, यदि गृहमन्त्रीको आदेशमा प्रयोग हुनुभयो भने तपाईंहरुको पनि खबरदारी हामीले गर्नेछौं ।

अब हामी यो सरकारलाई बोकेर अघि बढ्न सक्दैनौं । विशेष अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिएका थियौं । तर, माओवादी अहिले खाओवादी भएका छन् । राजावादी र माओवादी एउटै हुन् कि भन्ने हामीलाई लागिरहेको छ । अब हामीमाथि हमला भएको टुलुटुलु हेर्न सक्दैन । देशैभरिका विद्यार्थी साथीहरुलाई यो संविधान र व्यवस्थाको सुरक्ष ागर्न अर्को आन्दोलनका निम्ति तयार रहन आह्वान गर्छु । जबसम्म गृहमन्त्रीले राजीनामा दिनुहुन्न तबसम्म आन्दोलन जारी रहन्छ ।

पुष्पकमल दाहालज्यू, तपाईंसँग दुई विकल्प छ । तुरुन्त गृहमन्त्रीलाई बर्खास्त गर्नुस, या तपाईं नै हट्नुस ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर