मध्यरातमा झरना थापाको स्टाटस- ‘मर्नु न बाच्नुको पीडा भइरहेको छ’
काठमाडौं । चलचित्र एक भगवत गीता विवादमा आएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छिन ।
मध्यरातमा सामाजिक सञ्जालमा उनले सारा स्रोत सम्पत्ति र सपनाको लगानी भएको चलचित्र चल्नै नदिने अवस्था आउँदा यस्तो पीडा भइरहेको उल्लेख गरेकी हुन् ।
केही धार्मिक सङ्घसंस्थाले सिनेमालाई प्रदर्शन अनुमति नदिन निवेदन बुझाएपछि अहिले बोर्डले यही भाद्र २९ गते बाट प्रदर्शनमा आउने तैयारीमा रहेको चलचित्र ‘एक भगवत गीता’को सेन्सर सिफारिस रोकिरहेको छ ।
विकास बोर्डले सेन्सर सिफारिस रोकिदिए पछि निर्देशक झरना थापाले मध्य रातमा उक्त स्टाटस लेखेकी हुन ।
निर्देशक थापाले सत्य बोल्दा पनि कसैले नसुने पछि अब अन्तिम फैसला भगवानले गर्नु होला नि हैन ? भन्दै प्रश्न गरेकी छिन । थापा लेख्छिन्, ‘सत्य बोलिरहँदा पनि, सही छु भनेर दसी प्रमाण दिइरहँदा पनि कसैले न सुनिदिए पछि अन्तिममा फैसला त भगवान् ले गर्नु होला नि हैन ?’
चेलि धार्मिक आस्था जस्तो सम्बेदनसिल बिषय शिर्षक बनाईनु गल्तिहो सच्याउनु पर्याप्त बिज्ञान भयो अब नाम जेराखेपनि चल्छ