युवा संघ कोशीको अध्यक्षमा अरुण गुरुङ निर्वाचित
विराटनगर । पहिचानवादीहरूले अवरोध गर्न खोजे पनि नयाँ नेतृत्व चयन गर्दै युवा संघ नेपाल कोशी प्रदेशको अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले अरुण गुरुङको अध्यक्षतामा ८९ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ । गुरुङ यसअघि अधिवेशन आयोजक कमिटीका संयोजक थिए ।
अधिवेशनले उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिवमा विनोद राना सहसचिवमा निरजमान सिंह बस्नेत, सहसचिवमा शरण फागोलाई निर्वाचित गरेको छ ।
प्रथम अधिवेशनले कोषाध्यक्षमा दीपेन्द्र तामाङलाई निर्वाचित गरेको नव निर्वाचित अध्यक्ष अरुण गुरुङले बताए । अधिवेशनले साइबर सर्कल प्रमुखमा सागर पोखरेललाई जिम्मेवारी दिएको छ ।
यस्तै महिला विभाग प्रमुखको जिम्मा पार्वती तामाङ र संगठन विभाग प्रमुखको जिम्मेवारी आनन्द राईलाई दिएको छ ।
अधिवेशनले मनोज रायलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । युथ फोर्स प्रमुखमा भने राजन बानिया निर्वाचित भएका छन् । धरानमा सम्पन्न अधिवेशन बिथोल्न पहिचानवादी प्रयास गरेका थिए ।
अधिवेशनको उद्घाटन सुभाष नेम्बाङ्ले गरेका थिए । उद्घाटन सत्रमा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, युवा संघ पूर्व अध्यक्ष तथा पूर्व मन्त्री महेश बस्नेतलगायतले अधिवेशनको शुभकामना मन्तव्य दिए ।
पश्चिमाका एजेण्टहरूको केही लाग्दैन । यी बोकेका कुकुर हुन् । यिनले सिकार गर्दैनन् । पैसा दिंदासम्म उफ्रन्छन् । नपाएपछि सकिन्छन् । अहिले प्रचण्डका सरकारी पैसाले अलिअलि कराएका हुन् । युवा संघले आट्योमात्र भने यी सबै सकिन्छन् । चेतना भया यी, प्रचण्ड, दिल्ली र पश्चिमालाई ।
सम्मेलन बिथोल्न पहिचानवादीले प्रयास गरेका थिए!😃😂
के भन्न खोजेको ??