कोशी प्रदेशबारे एमालेले भन्यो- हामी संवादमा छौँ, कांग्रेसले जिम्मेवार भूमिका खेलोस् (भिडिओ)
काठमाडौं । नेकपा एमालेले कोशी सरकारलाई विश्वासको मत जुटाउनका लागि नेपाली कांग्रेस लगायतका दलहरूसँग छलफल भइरहेको बताएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मध्यावधिले प्रदेशप्रति जनताको वितृष्ण बढाउने उल्लेख गर्दै सबै दलहरूलाई मिलाएर सहमतिको सरकारको प्रयास भइरहेको बताए ।
उनले भने, ‘प्रदेशसभाका सबै दलहरूलाई त्यहाँको शक्ति सन्तुलनको अवस्था छ । सहकार्यको मोडालिटी विकास गरेर जाऔँ भन्ने छ ।
सबैलाई कुनै न कुनै हिसाबमा मिलाएर सहमतिको सरकारको प्रयास हुनेछ ।’
संविधान मिचेकोले परिणाम अहिले भोगिरहेको उल्लेख गर्दै उनले कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए ।
कांग्रेस नेताहरूसँग निरन्तर सम्पर्क भइरहेको उल्लेख गर्दै उनले अगाडि भने, ‘सम्पर्क गरिहरेका छौँ । पहिलोबाट नै भनिरहेका थियौँ । कांग्रेसले जिम्मेवार भूमिका खेलोस् भन्ने प्रयास हुने छ । हामी संवाद गर्छौँ ।’