जर्मनीले घरेलु मैदानमै जापानसँग ब्यहोर्यो ४ गोल, हारपछि प्रशिक्षक फ्लिक दबाबमा
बर्लिन । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा जर्मनीले जापानसँग ४-१ गोलको हार ब्यहोरेको छ ।
जर्मनीको मैदानमा जापानले ११ औँ मिनेटमै सुरुवाती अग्रता लिएको थियो । लेरो सानेले खेल बराबरीमा ल्याएपनि जापानले फेरी गोल गरेको थियो ।
जापानका जुन्या, आयासी युदा, ताकुमा आसानो र आओ तानाकाले एक एक गोल गरेका थिए । हारपछि जर्मन प्रशिक्षक फ्लिक हान्सी दबाबमा आएका छन् ।
जर्मनीले घरेलु मैदानमा खेलेका पछिल्ला ६ खेलमध्ये एउटामा मात्र जित हात पारेको छ ।
यस्तै हान्सीले सन् २०२१ मा जर्मनीको जिम्मेवारी सम्हालेयता २५ खेलमा प्रशिक्षण गरेकामा १२ मात्र खेल जितेका छन् ।
जर्मनीले सन् २०२० मा स्पेनसँग ६-० गोलले हार ब्यहोरेयता सबैभन्दा खराब हार सामना गरेको हो ।