भारत–पाकिस्तान म्याचमा वर्षा बाधक, आज नतिजा सम्भव नभए भोलि कहाँबाट सुरु हुन्छ खेल ? – Nepal Press

भारत–पाकिस्तान म्याचमा वर्षा बाधक, आज नतिजा सम्भव नभए भोलि कहाँबाट सुरु हुन्छ खेल ?

यही अवस्थामा पाकिस्तानले २० ओभर ब्याटिङ गर्न पाए १८१ रन बनाउनुपर्ने

काठमाडाै‌ । एसिया कपको सुपर ४ अन्तरगत भारत र पाकिस्तानबीचको म्याच वर्षाले अवरुद्ध बनिरहेको छ । यदि आज थप खेल सम्भव नभए भोलि अहिलेकै अवस्थाबाट भारतले खेल्न सुरु गर्ने छ ।

वर्षा सुरु हुनुअघि भारतले विष्फोटक ब्याटिङ गर्दै २४.१ ओभरमा १४७ रन बनाइसकेको छ । ६ भन्दा माथिको रनरेटमा दौडिरहेको भारत विशाल स्कोरतर्फ अग्रसर छ । हातमा ८ विकेट बाँकी छन् ।

अहिलेसम्म वर्षाको अवस्थाले आज नतिजा आउला भन्न सकिने अवस्था छैन । खेलमा नतिजा आउनका लागि पकिस्तानले कम्तिमा २० ओभर ब्याटिङ गर्न पाउनुपर्छ । यदि भारतले थप ब्याटिङ गर्न पाएन र पाकिस्तानलाई सिधै जवाफी ब्याटिङका लागि बोलाइयो भने उसले २० ओभरमा १८१ रनको टार्गेट पाउने छ ।

यदि अहिलेकै अवस्थाबाट खेल अगाडि बढ्न सकेन भने भोलि फेरि यही बिन्दूबाट सुचारु हुन्छ । अर्थात् भारतले १४७/२ बाट खेल्न सुरु गर्छ । यस्तोमा दुवै टिमले पुरा ५० ओभर ब्याटिङ गर्न पाउनेछन् । तर, भोलि पनि वर्षा भएमा डीएल मेथडबाट नतिजा घोषणा हुनेछ ।

अहिलेसम्म भारत बलियो स्थितिमा छ । ओपनर रोहित शर्मा र शुभमान गीलले आक्रामक सुरुवात दिलाए । त्यसपछि दुवै ओपनरलाई पेभिलियन फर्काएर पाकिस्तानले खेलमा कमब्याक गरेको छ । पाकिस्तानले टस जितेर भारतलाई पहिलो ब्याटिङमा बोलाएको हो । कोलम्बोको पिच ब्याटिङका लागि अनुकुल देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *