निरंकुश राजतन्त्रका दलालहरूले खुलेआम खुकुरी हान्न थाले, लाखौं जनता सडकमा उतार्छौँ : प्रचण्ड – Nepal Press

निरंकुश राजतन्त्रका दलालहरूले खुलेआम खुकुरी हान्न थाले, लाखौं जनता सडकमा उतार्छौँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र व्यथितिकाविरुद्ध सरकाले चलाएको अभियान लामो समयदेखि परिर्वतनका लागि जनताले गरेको त्याग र बलिदानीको निरन्तरता भएको बताएका छन्।

आइतबार मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि ‘निरंकुश राजनीतिक दलालले खुकुरी हानेको’ घटनाबाट सबै सचेत हुनुपर्ने बताए।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै:

कम्युनिष्टहरुको काँधमा इतिहासको अनुभवबाट शिक्षा लिएर प्रतिक्रातिकारीहरुलाई फेरि नयाँ शिराबाट आन्दोलित भएर फेरि परास्त गर्ने, हामीलाई अपमानित गर्ने खोज्ने, हामीलाई घेरा हाल्नखोज्ने, जनताले त्यत्रो त्याग र बलिदानबाट ल्याएको परिर्वतनलाई होच्याउन खोज्ने, त्यो त्याग र बलिदानलाई हत्या हिंसा भनेर अपमानित गर्नखोज्ने प्रवृत्ति, जनयुद्ध र जनआन्दोलको मिलनबाट बनेको जनक्रान्तिलाई अपमानित गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्छ। हामी केही समय सुस्ताएजस्तो भयौं।

अलिकति निदाएजस्तो पनि भयौं। हामी एकअर्काप्रति सशंकित पनि भयौं। हामी विभाजित भयौं। त्यही मौकाको फाइदा उठाएर, अहिले सोसल मिडिया हेर्यौं भने सुन्नै, हेर्नै नसिकने लाजैमर्दो त्यस्तो हेर्न परिराख्याछ। किनकि हामी कमजोर देखिएपछि कसरी प्रतिक्रान्तिकारीहरुको टाउँको उठ्दोरहेछ। अस्तिपनि होहल्ला गरेर काठमाडौंमा देख्नुभयो। निरंकुश राजतन्त्रका दलालहरू, भ्रष्ट गुण्डाहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी हानेको घटना सामान्य होइन। यसबाट तपाईं हामी सचेत हुनैपर्छ।

तर, अहिले यो मोर्चा सँगै अहिले हलभित्र नेता कार्यकर्ता जम्मा भएर कार्यक्रम गरिरहेका छौं। केही समयपछि राष्ट्रियता, गणतन्त्र र जनजीविकालाई लिएर हामीले लाखौं जनतालाई सडकमा ल्याउनुर्छ। प्रतिक्रान्तिकारी, दक्षिणपन्थी, निरंकुशतावादी, सामन्तवादी दलालहरुको सात्तो जानेगरी जनताको तागत प्रदर्शन गर्नुपर्नेछ। तपाईंहरुले बुझ्नुभएकै होला हिजो संसद् विघटन गर्ने संविधान च्यात्ने प्रयास भयो। हामीले जनतालाई सडकमा ल्याएर त्यो परास्त गरेका थियौं।


प्रतिक्रिया

One thought on “निरंकुश राजतन्त्रका दलालहरूले खुलेआम खुकुरी हान्न थाले, लाखौं जनता सडकमा उतार्छौँ : प्रचण्ड

  1. जनता लाटा छैनन भ्रस्ट बिदेशिको गोटी प्रचण्ड!अब कोहि सडकमा आउने छैनन हुक्के,बैठके,चम्छे र भाडाका टट्टु बाहेक!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर