उच्च अंकले बढ्यो शेयर बजार, डेढ अर्बकाे कारोबार – Nepal Press

उच्च अंकले बढ्यो शेयर बजार, डेढ अर्बकाे कारोबार

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार उच्च अंकले बढेको छ ।

सोमबार शेयर बजार ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा ४७ लाख ४२ हजार ५११ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको कारोबार भएको छ ।

आज थ्रीस्टार हाइड्रोपावर कम्पनी, मेन्छियम हाइड्रोपावर लिमिटेड, मेलुङ खोला हाइड्रोपावर कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले सर्वाधिक नाफा कमाएका छन । भने, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम२ ले सर्वाधिक गुमाएके छ ।

कारोबारका आधारमा साल्ट ट्रेडिङ कर्पोरेशन ६ करोड २५ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर