धार्मिक तथा सामजिक सद्भाव कायम गर्न काेशी प्रदेश सरकारको अपिल – Nepal Press

धार्मिक तथा सामजिक सद्भाव कायम गर्न काेशी प्रदेश सरकारको अपिल

विराटनगर । कोशी प्रदेश सरकारले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशबासीहरु समक्ष अपिल गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्त तथा खानेपानी, सिंचाई तथा उर्जा एवं स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोले विज्ञप्ति जारी गर्दै धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

विज्ञप्तिमा सामाजिक एकता र सदेभावलाई विथोल्ने गरी समाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट श्रृङखलाबद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति चिन्ता प्रकट गरिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विगत केही समय यता कोशी प्रदेशको धरानलगायत केही स्थानमाा भएका घटनालाई लिएर विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धलाई खलल पार्ने, हाम्रो धार्मिक, सांस्कृतिक तथा सामााजिक एकता र सद्भावलाई विथोल्ने गरी समाजिक सञ्जाल र अन्य माध्यमबाट श्रृङ्खलावद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति कोशी प्रदेश सरकार चिन्ता प्रकट गर्दै सामाजिक तथा धार्मिक सद्भावका लागि हार्दिक अपिल गर्दछ ।’

विज्ञप्तिमा सामाजिक सद्भाव विथोल्ने गरी सामाजिक सन्जालहरुमा व्यक्त गरिएका अभिव्यक्ति तथा गतिविधि हामी कसैको हितमा नभएको उल्लेख गरिएको छ ।

यस्ता अभिव्यक्तिबाट उत्पन्न हुनसक्ने धार्मिक र सामाजिक अराजकताले धमिलो पानीमा खेल्न खोज्ने लोकतन्त्र विरोधी दृश्य र अदृश्य शक्तिलाई मात्र सहयोग पुग्ने दाबी पनि विज्ञप्तिमा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर