नेम्वाङको शोकमा कांग्रेसले स्थगित गर्यो बीपी साहित्य महोत्सव
काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि नेपाली कांग्रेसले बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ ।
संविधान सभाका अध्यक्षप्रति उच्च सम्मान प्रकट गर्दै पूर्वनिर्धारित बिपी साहित्य महोत्सव-२०८० का तेस्रो र अन्तिम दिनको सम्पूर्ण कार्यक्रमहरु स्थगन गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
पौडेलको हस्ताक्षरमा जारी कांग्रेसको शोक वक्तव्यमा सालिन र सुयोग्य राजनीतिज्ञ सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएको छ ।
बीपी साहित्य महोत्सव तयारी समितिको बैठक पार्टीका सहमहामन्त्री एवं तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसको बैठकले उनको परिवारजन, नेकपा (एमाले) पार्टी र शोकाकुल सबैमा गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।