कोशी अस्पतालमा ‘मोबाइल अस्पताल एप‘ मार्फत सेवा सुरु – Nepal Press

कोशी अस्पतालमा ‘मोबाइल अस्पताल एप‘ मार्फत सेवा सुरु

काठमाडौँ । कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ ।

एपमार्फत बिरामीले सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एप बाटै प्राप्त गर्ने सक्नेछन् ।

त्यस्तै, नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्नेछन् ।
टेक्नोलोजिका अनुसार सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ ।

मिदास टेक्नोलोजिज

आइएमई ग्रुप अन्तर्गतको मिदास टेक्नोलोजीज स्वास्थ्य सेवालाई सूचना प्रणालीमा आबद्ध गर्ने अग्रणी सेवा प्रदायक संस्था हो । जसले २०० भन्दा बढी अस्पताललाई सेवा प्रदान गरिरहेको छ। स्वास्थ्य सेवाको आधुनिकीकरण र सुधार गर्न खोज्ने अस्पतालहरूका लागि मिदास विश्वसनीय साझेदारको रूपमा अघि बढेको संस्था हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर