सरकार चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा छ: मन्त्री बस्नेत – Nepal Press

सरकार चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा छ: मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन् ।

मंगलबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको बताउँदै यस्तै अवस्था रहे नेपालमा पाँच वर्षपछि नर्स र चिकित्सक पाउनसमेत कठिन हुने बताए ।

उनले अस्पतालहरुको बेथिति सुधार गर्ने कुरामा आँफूले कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट पारे । अस्पतालहरुमा अहिले पनि २२ वर्षअघिको कर्मचारी दरबन्दी रहेको भन्दै उनले जनताको सेवाका लागि दरबन्दी थप गरिने उल्लेख गरे । दरवन्दी थप गर्ने बिषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको उनको भनाइ छ ।

मन्त्री बस्नेतले आफु अहिले निःशुल्क स्वास्थ्य उपचारको अभियानमा रहेको बताउँदै पैसाको अभाबमा उपचार नपाएर कुनै बिरामी मर्न नहुने बताए । फरक प्रसंगमा बोल्दै उनले भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा बिकास गर्न आँफु सकारात्मक रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *