बुटवलको सुप्रीम सहकारीले १ अर्बभन्दा बढी ठगेको भन्दै उजुरी – Nepal Press

बुटवलको सुप्रीम सहकारीले १ अर्बभन्दा बढी ठगेको भन्दै उजुरी

रुपन्देही । बुटवलमा रहेको सुप्रीम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ अर्बभन्दा रकम ठगेको भन्दै प्रदेश सहकारी कार्यालयमा उजुरी परेको छ ।

बचत रकम फिर्ता नगरेको भन्दै कारबाहीको लागि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा उजुरी परेको हो ।

तपाईको बचत सुरक्षित हुन्छ भन्ने आश्वासन देखाएर बचत गर्न प्रेरित गरेको र अन्तिममा आएर रकम फिर्ता गर्न सकिदैन भन्ने जवाफ आएपछि बचतकर्ता तनावमा परेका हुन । मुद्दती, मासिक, दैनिक र खुल्ला बचतमार्फत सहकारीले रकम असुल गरेको देखिन्छ । सहकारी संस्थाका सञ्चालक र पदाधिकारीलाई नियमानुसार कारबाहीको माग गरिएको छ । एक जना बचतकर्ताको साढे तीन करोड रुपैयाँ यही सहकारी संस्थाले ठगी गरेको समेत उजुरी परिसकेको छ ।

एक अर्बभन्दा बढी सहकारी संस्थाबाट बचतकर्ताको निक्षेप जोखिममा परेको भन्दै रकम फिर्ताको माग राख्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो ।

बुटवल उपमहानगरपालिका–९ मा मुख्य कार्यालय स्थापना गरेर सञ्चालन भएको सहकारी संस्थामा बचत गरेका दुई सय बढी बचतकर्ताले लिखित उजुरी दिएका हुन् । एक बर्षदेखि बचत रकम फिर्ताको माग राख्दा पनि सहकारी संस्थाले फिर्ता नगरेपछि बाध्य भएर कानुनी उपचारमा जानुपरेको बचतकर्ता देविलाल भट्टराईले बताएका छन् ।

‘एक वर्षदेखि बचत फिर्ता नपाएपछि उजुरी दियौं, केही पैसा लिन दिन, सहुलियतको लागि रकम बचत गरियो तर चाहेको बेला पाइएन, बचत रकम सुरक्षित छ कि छैन्, संस्थाले बचत फिर्ता गरोस् भन्ने चाहन्छौं’ उनले भने । सहकारीले रकम फिर्ता नदिँदा मानसिक, पारिवारिक र व्यावसायिक तनाव दिएको भनाइ उनको छ । ‘ड्रिपेसनमा जाने अवस्था आइसक्यो, हाम्रो बचत रकम सुरक्षित छ की छैन् बुझिदिनुपर्यो’ उनले भने ।

सहकारी दर्ता अधिकारीको कार्यालयका रजिष्ट्रार भिमप्रसाद तुवारीले सहकारीको रकम हिनामिना गर्ने सहकारी संस्थालाई नियम अनुसार कारबाही हुने बताए । ‘ हामीकहाँ उजुरी आएको छ । हामीले अध्ययन गर्छौं र कारबाहीको प्रक्रिया अघि बढाउछौं’, उनले भने ।

उनका अनुसार लुम्बिनी प्रदेशमा २४÷२५ वटा खराब सहकारीलाई कारबाही गर्न उजुरी परेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर