हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै घुस लिने प्रधानाध्यापक पक्राउ – Nepal Press

हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै घुस लिने प्रधानाध्यापक पक्राउ

रुपन्देही । बर्दियाको राजापुरमा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेकी छन् । बर्दिया राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय घुस रकमसहित अख्तियारको टोलीबाट पक्राउ परेकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले राजापुर नगरपालिका वडा नं ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको अख्तियारले प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले पक्राउ परेकी प्रधानाध्यापक उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको बताए ।

गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मङ्गलवार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनले १४ हजार ५०० रुपैयाँ घुस लिएको फेला परेको प्रवक्ता दाहालले जनाएका छन् । अख्तियारले उपाध्यायमाथि थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर