५० जनालाई मुद्दा चलाउन सीआईबीको राय, साढे ३ अर्ब बिगो दाबी (भिडिओ) – Nepal Press
सुन तस्करी प्रकरण

५० जनालाई मुद्दा चलाउन सीआईबीको राय, साढे ३ अर्ब बिगो दाबी (भिडिओ)

१४ विदेशीसहित १८ जना फरार

काठमाडौं। ६० केजी सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ ।

सीआईबीका अनुसार हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेका छन् ।

१४ विदेशी र ४ नेपाली फरार रहेको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन पनि सीआईबीले राय दिएको छ ।

बरामद सबै ब्रेक प्याड जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको पाइएको भन्दै बज्राचार्यले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिएको जानकारी गराइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *