सुन तस्करीमा तत्कालको अनुसन्धानले पूर्व आईजीपीहरुको भूमिका देखिएन : सीआईबी (भिडिओ)
नेपाल प्रेस
२०८० भदौ २७ गते १२:३२
काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भन्सारको सामानमार्फत भएको ६० केजी सुन तस्करी प्रकरणमा पूर्व आईजीपीहरुको कुनै भूभिका तत्कालको अनुसन्धानले नदेखिएको बताएको छ।
‘तत्कालको अनुसन्धानले उहाँहरुविरुद्ध अभियोजन गर्नुपर्ने अवस्था छैन। पछि हुने अनुसन्धानमा देखिए कोही पनि छुट्दैनन्’, सीआईबीका डीआईजी यज्ञविनोद पोखरेलले जानकारी दिए।
यसअघि सुन तस्करीमा पूर्व आईजीपी धिरजप्रताप सिंह र सर्वेन्द्र खनालको नाम जोडिएको थियो।
यो प्रकरणमा पक्राउ परेका दावा भन्ने व्यक्तिसँगको सम्बन्ध र सम्पर्कलाई लिएर उनीहरूको नाम आएको थियो।
प्रतिक्रिया
सम्बन्धित खवर