सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएर पार्टी चल्दैन : शेखर कोइराला – Nepal Press

सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएर पार्टी चल्दैन : शेखर कोइराला

‘मन्दिरको अगाडि चर्च बनाइदिने, गोरु काटेर खाएको फेसबुकमा हाल्दिनाले जातीय लडाइमा फस्दैछौं’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएर पार्टी नचल्ने बताएका छन्।

बिपी जयन्तीका अवसरमा आयोजित युवाहरूको विशेष विचार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी सभापतिय प्रणाली हो भने भन्ने आग्रह गरे।

उनले भने, ‘अहिले कांग्रेसका सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ । उहाँहरू नै दुई ध्रुवमा बाँडिएपछि पार्टी चल्छ कसरी ? हामीले यो सोचेका छौँ कहिले ? सभापतिय प्रणाली हो भने हामी त्यही हिसाबले हिँड्नुपर्‍यो । होइन भने अरू कुनै उपाय सोच्नुपर्छ । पार्टी सञ्चालन गर्न त्यो जरुरी छ । बिपीका पालामा प्रेसिडेन्सियल सिस्टम थियो, चलिराखेकै थियो । अहिले बहु पदीय छ, म बहु पदीयलाई खराब भन्दिनँ । तर यसले पनि हामीलाई बिगारिराखेको छ ।

उनले कांग्रेस र सरकारको कुरालाई पारदर्शी बनाएर अघि बढ्नुपर्ने बताए । यस्तै, उनले अहिले जातीय लडाइमा फस्दै गइरहेको टिप्पणी गरे ।

उनले भने, ‘यहाँ अहिले धर्मको नाममा विवाद चलिरहेको छ । मन्दिरको अगाडि चर्च बनाइदिने, गोरु काटेर खाए त ठिकै छ खान्छन् तर त्यो फेसबुकमा हालेर जथाभाबी । त्यसले धार्मिक युद्ध जस्तो देखिन्छ तर, हामी जातीय लडाइँमा फस्दै गइरहेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर