सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सम्झौता – Nepal Press

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सम्झौता

काठमाडौं । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सहमति भएको छ ।

मंगलबार टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको छ । सिप्रदी अटोपार्ट्स र टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको हो ।

सिप्रदी अटोपार्टस् प्रा।लि।का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप के।सीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, बिजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ । सफ्टवेयर खुद्रा विक्रेताको लागी व्यापार वृद्धि र व्यवस्थापन को लागी माइलस्टोन हुने कम्पनीको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर