सुन तस्करीमा पक्राउ परेका ३२ जनाको म्याद थप गरिँदै – Nepal Press

सुन तस्करीमा पक्राउ परेका ३२ जनाको म्याद थप गरिँदै

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत पुर्याइएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत पुर्याएको हो ।

ब्यूरोले बुधबार सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी पनि छ ।

सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी जम्मा ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । अबको तीन दिन भित्र सरकारी वकिलको कार्यालयले मुद्धा अदालतमा दर्ता गरिसक्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *