६० किलाे सुन तस्करीमा पक्राउ परेका ३२ जनालाई हिरासतमा राख्न ४ दिन म्याद थप
काठमाडौं । ६० किलाे सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई हिरासतमा राखेर अनुसन्धानका लागि चार दिन थप भएको छ ।
यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत पुर्याएकोमा बुधबार चार दिन थप भएको हो ।
ब्युरोले बुधबार सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी पनि छ ।
सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी जम्मा ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । अबको तीन दिन भित्र सरकारी वकिलको कार्यालयले मुद्धा अदालतमा दर्ता गरिसक्नुपर्नेछ ।
जति समाते पनि के काम ? अहिले पनि सुन लुकाएर ल्याईरहेका छन् । सरकार नै सुन तस्करीमा लागेको छ । यो तस्करहरूको सरकार हो । त्यसैले तस्करी रोकिदैन ।