नेम्वाङको पार्थिव शरीरलाई बालुवाटार लगियो (भिडिओ)
नेपाल प्रेस
२०८० भदौ २७ गते १६:४१
काठमााडैं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा राखिएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म राखिएको उनको पार्थिव शरीरलाई बुधबार दिउँसो बालुवाटारस्थित निवासमा राखिएको हो ।
निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । मङ्गलबार बिहान हृदयघातका कारणले निधन भएका नेता नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर