विवाद नटुंग्याउने प्रपञ्च रचेको भन्दै नेवि संघले कांग्रेस कास्कीको भवनलाई लगाए ताला (भिडिओ)
पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरुले नेपाली कांग्रेस कास्कीको कार्यालयमा तालाबन्दी गरेका छन् । नेवि संघको विवाद नटुंगाउने प्रपञ्च रचेको भन्दै केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलसहितको टोलीले बुधबार कांग्रेस कास्की पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।
नेपाली कांग्रेस कास्की सभापतिबाट गरिएको प्रतिबद्धता अनुसार कुनै पनि कार्य नगरिएको साथै महानगरद्वारा भातृ संगठनका बाहलवाला सदस्यहरुको अपहेलना गरिएको उनीहरुको आरोप छ ।
कास्की जिल्ला कार्यसमितिबाट नेविसंघ कास्कीको विषयमा कुनैपनि आधिकारिक धारणा नदिएको, नेवि संघ कास्कीको विवाद नटुंग्याउने हिसाबको प्रपञ्च रहेको आरोप लगाएका छन् । ‘महानगरस्तरीय सम्मेलनमा नेविसंघको गरिमा आच आउने कार्य निरन्तर भैरहेको कार्यपनि हामीलाई स्वीकार्य छैन’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘पार्टी भित्रको गुटगत लडाईंमा साँक्षी बस्न नसक्ने हुँदा पार्टीको बैठक बसी अधिकारिक धारणा सार्वजानिक नगरुञ्जेल र विवादको समाधान नहुञ्जेल नेपाली कांग्रेस कास्की जिल्ला पार्टी कार्यालयमा आजको दिनदेखि अनिश्चितकालका लागि तालाबन्दी गरेको घोषणा गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।