हुम्लाबाट पोखरा उडेको हेलिकप्टर दाङको स्कुलमा आकस्मिक अवतरण – Nepal Press

हुम्लाबाट पोखरा उडेको हेलिकप्टर दाङको स्कुलमा आकस्मिक अवतरण

रूपन्देही । हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकप्टर दाङको स्कुलमा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टर भोलि बिहीबार मौसममा सुधार आएपछि मात्रै उड्ने भएको छ ।

बुधवार बेलुका दाङस्थित राप्ती गाउँपालिकामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगणमा आकस्मिक अवतरण गरिएको थियो ।

हुम्लाबाट पोखरा जाँदै गरेको कैलाश हेलिकप्टर सर्भिस कम्पनीको हेलिकप्टर खराब मौसमका कारण अवतरण गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । पाइलट, इञ्जिनियर र दुईजना यात्रुसहित चार जना सवार रहेको प्रहरीले बताएको छ ।

एकरात भालुबाङस्थित होटल पौवामा बास बस्ने र भोलि बिहीबार मात्रै हेलिकप्टरले उडान भर्ने जनाइएको छ । हेलिकप्टरमा पाइलट दिलिप थापा, इन्जिनियर अरुण चौधरी, भारतीय मूलका अमेरिकन नागरिक कनुवाल देशर र जागृत पटेल रहेको पाइलट थापाले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर