टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब, कति पर्छ मूल्य ? – Nepal Press

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब, कति पर्छ मूल्य ?

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रिमियम इलेक्ट्रिक स्कुटर – टिभिएस आईक्युब लन्च गरेको छ ।

जगदम्बा मोटर्सले नाडा अटो शो २०२३ को पहिलो दिन प्रिमियम इलेक्ट्रिक स्कुटर लन्च गरेको हो । टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दै बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको कम्पनीले जनाएको छ ।

टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तरमा उपलब्ध रहेको छ । ५ आकर्षक कलर भेरियन्टमा रहेको स्कुटरमा सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन, सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि।एफ।टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु रहेका छन् ।

त्यस्तै, ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज, यु।एस।बि चार्जिङ, शक्तिशाली ४।६ किलोवाट हब माउन्टेड मोटर, ७८ कि.मि प्रतिघण्टा को टप स्पीड, मात्र ४।२ सेकेन्डमा ०–४० कि.मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । भने, सिंगल चार्जमा १ सय किलोमिटरको रेन्ज, ४.५ घन्टामा ०–८० प्रतिशत सम्म चार्जिङ टाइम, ६५० वाटको पोर्टेबल क्यारी चार्जरका बजारमा उपलब्ध रहेको छ ।

टिभिएस आईक्युब एसका पहिलो १ हजार ग्राहका लागि ४ लाख २९ हजार ९०० मूल्य कायम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर