कांग्रेस लुम्बिनीले आफ्नै नेतृत्वको सरकारलाई भन्योः भागवण्डा मिलाउन मन्त्रालय नथप्नु – Nepal Press

कांग्रेस लुम्बिनीले आफ्नै नेतृत्वको सरकारलाई भन्योः भागवण्डा मिलाउन मन्त्रालय नथप्नु

रूपन्देही । नेपाली काँग्रेसले लुम्बिनीले आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकारले मन्त्रालय थप गर्ने गरेको तयारीमा खबरदारी गरेको छ ।

अनावश्यक मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको बीचमा नकारात्मक असर पर्ने हुँदा भैरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पुर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई निर्देशन दिएको छ ।

कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको लुम्बिनी प्रदेश कार्यालय राप्ती उपत्यका पाखापानी, दाङमा सम्पन्न बैठकले लुम्बिनी प्रदेशका जनताका जनजीविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनीति दलसंग समन्वय गर्दै संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघीय सरकारलाई नेपालको संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिन अनुरोध पनि गरेको छ।

यस्तै बैठकले प्रदेश पोलिसी ह्याकथुन कार्यक्रम संचालन गर्ने निर्णय गरेको मुख्य सचिव मोहनराज शर्माले बताए । लुम्बिनीमा कांग्रेस संस्थापन समूहमा रहेका चौधरीले सरकारको नेतृत्व गरेका छन् भने पार्टी प्रदेशको नेतृत्वमा रहेका अमरसिंह पुनसहितको बहुमत सदस्य संस्थापन इतर समूहको रहेका छन् ।

८ दलको सरकारमा सहभागी दलहरूले भागवण्डा मिलाउन तयारी गरेपछि नेपाली कांग्रेसले सचेत गराएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर