नेकपा एसको केन्द्रीय सदस्यमा सुदेश पराजुली मनोनीत
काठमाडौं । नेकपा एसले हालै मनोनीत गरेको २१ जनाको सूचीमा सुदेश पराजुली पनि परेका छन् । भदौ ५-७ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले उनलाई केन्द्रीय सदस्यसँगै विद्यार्थी फ्रयाक्सनको सहइन्चार्जको जिम्मेवारी दिएको हो ।
भदौ १० गते पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूमा नयाँ नेतृत्व आएसँगै पराजुलीले विद्यार्थी राजनीतिबाट बिदा लिएका थिए ।
एमाले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो । एमाले अदालतबाट ब्युँतेपछि नै पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनेकोमा सोही कमिटी नेकपा एसको अनेरास्ववियूमा परिणत भएको थियो ।
प्रखर वक्तासमेत रहेका पराजुलीले विभिन्न सरोकारका विषयमा विद्यार्थीको आन्दोलनको सक्रियरूपमा अगुवाइ गरेका थिए ।
यस्तालाई पनि के.स. ?