एसिया कपः पाकिस्तान-श्रीलंका म्याचमा वर्षाको अवरोध, परिणाम नआए पाकिस्तान घर फर्किने – Nepal Press

एसिया कपः पाकिस्तान-श्रीलंका म्याचमा वर्षाको अवरोध, परिणाम नआए पाकिस्तान घर फर्किने

काठमाडौं । एसिया कपको सुपर फोर अन्तरगत पाकिस्तान र श्रीलंकाविरुद्धको भर्चुअल सेमिफाइनल वर्षाले प्रभावित बनेको छ । निरन्तर पानी परिरहेकाले निर्धारित समयमा टस हुन सकेन ।

आजको खेलमा जसले जित्छ, उसैले फाइनलमा स्थान बनाउने समिकरण छ । भारतसँगको म्याचमा फराकिलो अन्तरले हारेपछि पाकिस्तान दवावमा छ । यदि खेल हुन नसकेको खण्डमा उसले घर फर्किनुपर्ने हुन्छ ।

श्रीलंकाले पनि भारतसँग हार व्यहोरेको थियो, तर तुलनात्मकरुपमा साँघुरो । त्यसैले नेट रनरेटमा पाकिस्तानभन्दा श्रीलंका अगाडि छ । त्यसैले खेल बराबरीमा टुंगिए वा रद्द भएको खण्डमा श्रीलंका फाइनलमा पुग्ने छ ।

पाकिस्तानले आजको खेलमा थुप्रै परिवर्तन गरेको छ । ओपनिङ ब्याट्सम्यान फकार जमानलाई ड्रप भएका छन् भने मोहम्मद ह्यारिस भित्रिएका छन् । यस्तै, चोटका कारण दुई प्रमुख फास्ट बलर नसिम साह र ह्यारिस रफ बाहिरिएका छन् ।

उनीहरुको स्थानमा मोहम्मद वसिम जुनियर र जमान खानलाई ल्याइएको छ । मध्येक्रमका आघा सलमानको स्थानमा साउद सखिललाई स्थान दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *