नेम्वाङको आसन खाली राख्दै एमाले दलको बैठक : शोक प्रस्ताव पारित
नेपाल प्रेस
२०८० भदौ २८ गते १६:२८
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले संविधानसभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका सदस्य रहेका नेम्वाङको शोक प्रस्ताव पारित गरेको हो ।
संसदीय दलको बैठकमा ओली छेउमा सधैँ बस्ने उपनेता नेम्वाङको आसन खाली राखिएको थियो ।
पूर्वसभामुख समेत रहेका नेम्वाङको मंगलबार निधन भएको थियो । आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
प्रतिक्रिया