माधव नेपालको सर्कुलर- पार्टीलाई सैद्धान्तिक तथा वैचारिक जगमा एकताबद्ध बनाउन जुटौं (अपानिसहित)
दशौं महाधिवेशनको तयारीमा जुट्यो नेकपा एस, यस्तो छ कमिटी अद्यावधिक र सदस्यता वितरणको कार्यसूची
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी माघ १४-१८ मा पार्टीको दशौँ महाधिवेशनको तयारी थालेको छ । भदौ पहिलो साता बसेको केन्द्रीय कमिटीको बैठक पार्टी पंक्तिमा सर्कुलर पठाउँदै अध्यक्ष माधव नेपालले महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।
महाविधेशनको लवागि कमिटी अद्यावधिक तथा निर्माण र सदस्यता नविकरण एवम् वितरणका लागि पार्टी कमिर्टीलाई निर्देशन गरेका छन् ।
असोज ५ गतेभित्र पार्टीका प्रदेश कमिटी तथा जिल्ला कमिटी र जनसङ्गठनका कन्द्रीय कमिटी/समितिका बैठक बसी विद्यमान कमिटीहरू अद्यावधिक तथा पार्टी सदस्यता/सङ्गठित पार्टी सदस्यता नवीकरण एवम् नयाँ सदस्यता वितरण र असोजमा सञ्चालन गरिने मेची-महाकाली राष्ट्रिय अभियानको समेत योजना बनाउने, असोज महिनाभर केन्द्रीय कमिटीको छैठौँ बैठकले निर्णय गरे अनुसारको मेची-महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्नुका साथै असोज १ गतेदेखि लिएर मंसिर २० गतेसम्म विद्यमान कमिटीहरू अद्यावधिक गर्ने र पार्टी सदस्यता/सङ्गठित पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्न भनेका छन् ।
अध्यक्ष नेपालको अपानिमा भनिएको छ, ‘मंसिर २५ गतेभित्र सदस्यता वितरण र नवीकरणको विवरण प्रमाणिकरणका लागि केन्द्रीय सङ्गठन विभागमा पठाउने विभागबाट पुस १० गतेभित्र प्रमाणीकरण गरेर फिर्ता पठाउने । पार्टी सदस्यता/सङ्गठित पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण कार्य निरन्तर चल्नसक्छ तर महाधिवेशनको प्रकृयामा सहभागी हुन भने मंसिर २५ गतेभित्र प्रमाणीकरणका लागि केन्द्रीय सङ्गठन विभागमा पठाइएको र केन्द्रीय सङ्गठन विभागबाट प्रमाणिकरण भएका सदस्यले मात्र पाइने छ ।’
कात्तिक १५ गतेसम्म महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गरिसक्ने, कात्तिक १५ देखि पुस १५ सम्म दस्तावेजहरूमा छलफल बहस चलाउने, पुस २१ मा एकैदिन प्रतिनिधि छनोट गर्ने, पुस २५ गतेभित्र प्रतिनिधि छनोटको प्रतिवेदन केन्द्रमा पठाइसक्ने र माघ ५ भित्र प्रतिनिधिहरू यकिन गरिसक्ने निर्देशन दिएका छन् ।
उनले यतिबेला पार्टी निर्माणको एउटा विशिष्ट अवस्थामा रहेको उल्लेख गर्दै सिद्धान्त र विचार निर्माणको एक महत्वपूर्ण निकाय पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारीको विन्दुमा आइपुगेको बताएका छन् ।
अपानिमा भनेका छन्, ‘आउनुहोस्, हामी सबैले पार्टी महाधिवेशनको आयोजनाको ठोस योजना निर्माण गरी ठोस ढङ्गले जिम्मेवारी वहन गरौं र सक्रियतापूर्वक व्यवहारमा लागि परौँ । खुला र खुलस्त भएर विचार मन्थन गरौं र नेपाली विशेषताको समाजवादी क्रान्ति र निर्माणका लागि दृष्टिकोण, सिद्धान्त र विचारको सवालहरूमा एकरूपता कायम गरी पार्टीलाई सैद्धान्तिक तथा वैचारिक जगमा एकतावद्ध गरौं । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गरौं ।’
महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल आफैं दोहोरिने तयारीमा छन् । तर, सम्मानित नेता झलनाथ खनाल माधव नेपालबाट पार्टी नचल्ने निष्कर्षसहित आफैं नेतृत्वको दाबी गर्ने तयारीमा छन् ।
यस्ताे छ अपानिकाे पूर्णपाठ: