सीडीओलाई चिठी लेखेर उदयपुरमा चिकित्सकहरु पुगेनन् अस्पताल – Nepal Press

सीडीओलाई चिठी लेखेर उदयपुरमा चिकित्सकहरु पुगेनन् अस्पताल

विराटनगर । जिल्ला अस्पताल उदयपुरका डाक्टरहरूले ओपीडी सेवा अवरुद्ध पारेका छन् । डाक्टरहरूको सुरक्षा माग्दै अस्पतालमा कार्यरत डाक्टरहरूले ओपीडी सेवा अवरुद्ध गरेका हुन् ।

अस्पतालका २० जना डाक्टरले काममा आउन नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको अस्पतालका मेसु ज्ञानेन्द्र झाले बताए । उनले डाक्टरहरू काममा नआएपछि अस्पतालले दिने ओपीडी सेवा अवरुद्ध भएको बताए ।

अस्पतालमा दैनिक ३५० जना बिरामी उपचारका लागि ओपीडीमा आउने गरेका छन् । अस्पतालमा इमरजेन्सी सेवा भने सुचारु छ ।

मकवानपुरको हेटौंडामा भदौ २७ गते दुई जना डाक्टरलाई कुटपिट गरेको विरोधमा उदयपुरका डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन् । हेटौंडामा डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीका आफन्तले कुटपिट गरेका थिए ।

सोही घटनालाई लिएर जिल्ला अस्पतालमा कार्यरत डाक्टरहरू सेवा दिन नआएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *