कानूनमन्त्री गुरुङले पेश गरेको विधेयक समितिमा, दुई साताकाे लागि स्थगित भयो प्रतिनिधिसभाको बैठक – Nepal Press

कानूनमन्त्री गुरुङले पेश गरेको विधेयक समितिमा, दुई साताकाे लागि स्थगित भयो प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाले कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

मन्त्री गुरुङले बैठकमा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत स्वीकृतपछि दफावार छलफलको लागि कानून समितिमा पठाएको हो ।

योसँगै प्रतिनिधिसभाको बैठक असोज १४ गते आइतबार १ बजेसम्मको लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर