माधव नेपालको ‘अपानि’बारे झलनाथको प्रतिक्रिया- यो एकदमै खतरनाक छ, कसैकाे पनि सहमति छैन (भिडिओ) – Nepal Press

माधव नेपालको ‘अपानि’बारे झलनाथको प्रतिक्रिया- यो एकदमै खतरनाक छ, कसैकाे पनि सहमति छैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालले जारी गरेको पछिल्लो अन्तर पार्टी निर्देशनप्रति असहमति व्यक्त गरेका छन् ।

शुक्रवार अखिल नेपाल महिला संघको तीज विशेष कार्यक्रमपछि नेपाल प्रेसकर्मी उमेश कार्कीसँग कुरा गर्दै सम्मानित नेता खनालले अध्यक्ष नेपालले जारी गरेको अपानीलाई ‘एकदमै खतरनाक’को संज्ञा दिए ।

खनालले भने– यो एकदम खतरनाक कुरा हो । पार्टीको कुनै पनि कमिटीले निर्णय गरेको छैन । यो यत्तिकै जारी भएको छ । यसबारेमा हामी छलफल गर्दैछौं ।

अध्यक्ष नेपालले विहीवार जारी गरेको अपानीमा पार्टी केन्द्रीय कमिटी र सचिवालयको निर्णय भन्दै नेताहरुको जिम्मेवारी हेरफेर,कार्य विभाजन र विभिन्न कमिटीमा मनोनयन गरिएकोमा खनालले असहति जनाएका हुन् ।

सो निर्णविरुद्ध देशभरमै असहमति भएको छ भने केही नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।

याे पनि पढ्नुस्: अपानी फिर्ता लिएर निर्णय सच्याउन माधव नेपालमाथि नेकपा एसका नेताहरूको दबाब

 

 

 


प्रतिक्रिया

2 thoughts on “माधव नेपालको ‘अपानि’बारे झलनाथको प्रतिक्रिया- यो एकदमै खतरनाक छ, कसैकाे पनि सहमति छैन (भिडिओ)

  1. देखिएको हो १५ बर्से कालमा, देखिदै थियो र देखियो अहिले पनि !!
    :: वास्तवमा एकलौटी गर्ने, कसैलाई नसोध्ने, नसुन्ने, नपुछ्ने, नमान्ने, मन लागेको गर्ने, कार्यक्ष्यमता न्युन भएको तर के के न गरें भनेर कुर्लन पर्ने मान्छे भनेको ‘माकुने’ हो !!
    :: ओली माथि त यिनले लगाएको आरोप मात्र हो !!
    :: आफ्नु कम्जोरी र गल्ती लुकाउन अरुको ध्यान अन्तै मोड्न गरेको कसरत !!
    :: आन्दोलनको इतिहासमा एउटा ‘कलंक’ बनेको नाम !!
    :: उस्तै जोडी भेट्टाएको भएर उत्पात गर्न उद्दत !!
    :: आजको दुर्दिनको मुख्य योजनाकार : माकुने !!

  2. :: माकुने जस्ता दुस्ट मन भएका धन्दुकारीलाई छोडेर देशको माया र अलिकत्ती पनि जनता प्रती जिम्मेवारी महसुस भएकाहरु मुल्घर फर्किन पर्छ :: छिट्टो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर