मान्छेले राप्रपालाई माया गर्न थाले, चिन्दै नचिनेको रास्वपालाई भोट हाले : झलनाथ खनाल (भिडिओ) – Nepal Press

मान्छेले राप्रपालाई माया गर्न थाले, चिन्दै नचिनेको रास्वपालाई भोट हाले : झलनाथ खनाल (भिडिओ)

‘काठमाडौंमा राप्रपाले त्यत्रो जुलुस निकाल्दा कांग्रेस र एमालेले आँट गर्दैनन, हाम्रो पार्टीको कुरै नगरौं’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले काम गर्न नसकेपछि समाजमा अराजकता बढेको टिप्पणी गरेका छन् । नेकपा एसनिकट सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्दै सरकार दिशाहिन भएको बताए ।

उनले भने, ‘अहिले अराजकता बढ्दै छ । अहिले मान्छेले भोट हाल्नुपर्दा राप्रपालाई पो हाल्न थालेका छन् हिजो तीस वर्ष तानाशाही शासन गरेको होइन उनीहरुले, तीस वर्ष तानाशाह शासन गर्नेलाई अहिले मान्छेहरुले माया गर्न थालेका छन् । अनि त्यो रास्वपा भन्ने के हो के हो ? कसैले चिनेको पनि छैन । तर, मान्छेहरुले त्यतैतिर भोट हाल्न थालेका छन् । किनभने पहिलेदेखि स्थापित पार्टीहरुले काम गर्न नसकेपछि ध्यान त्यतातिर डाइभर्ट भइरहेको छ । यो एकदम खतरनाक कुरा हो ।’

उनले अहिलेको अराजकताको अन्त्य गर्नको लागि आफ्नो पार्टीले विकल्प दिनसक्नुपर्ने बताए । उनले भने, ‘अब सबै कुराको विकल्प समाजवाद हो। समाजवादको बाटोेमा जान सक्नुपर्छ ।’

राप्रपाले काठमाडौंमा त्यत्रो जुलुस निकाल्दा कांग्रेस र एमालेले आँट गर्न नसकेको बताए । उनले भने, ‘हाम्रो पार्टीको त अहिले कुरा नगरौं जुलुस निकाल्ने बेलै भएको छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर