नेकपा एसको केन्द्रीय परिषद् अस्वीकार गर्दै दीपक मनाङेले भने- एक व्यक्ति एक पद नारामा मात्र नराख – Nepal Press

नेकपा एसको केन्द्रीय परिषद् अस्वीकार गर्दै दीपक मनाङेले भने- एक व्यक्ति एक पद नारामा मात्र नराख

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले नेकपा एसको केन्द्रीय परिषद् सदस्य पद अस्वीकार गरेका छन् । मनाङेले शुक्रबार विज्ञप्ति जारी गर्दै यो निर्णय र जिम्मेवारी आफूसँग सल्लाह नगरी दिइएको भन्दै तत्काललाई उक्त पदमा नबस्ने जनाएका छन् ।

उनले जनताबाट निर्वाचित जनप्रतिनिधिहरु संसदीय कामकाजमै व्यस्त रहनुपर्ने भन्दै एकै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो नभएकाले सो पद अस्वीकार गरेको जनाएका छन् ।

मनाङले भनेका छन्- मलाइ दिइएको जिम्मेवारी स्विकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरुलाई दिँदा पार्टीलाई अझ बढि फाइदा हुन्छ । युवाहरुलाइ अगाडी बढाउने कुरामा मेरो सधैं समर्थन रहन्छ । एक व्यक्ति एक पदको नारा नारामा मात्र सीमित नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु ।

मनाङबाट स्वतन्त्र जितेका मनाङे गण्डकी प्रदेशमा नेकपा एस निल भएपछि सो पार्टीमा प्रवेश गरेका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर