तीजको नाउँमा अति भएन र ?
महिनादिनसम्म मनाउँदैमा तीज पर्वको सांस्कृतिक, धार्मिक महत्व टिकिराख्ने हो भने त यसमा भन्नु केही पनि छैन । आधुनिक शहरका सभ्य, शिक्षित, चेतनशील नारीहरु मलाई माफ गरिदिनुहोला, तपाईंहरु रमाएको देखेर, तपाईंहरु आपसमा खुशी भएको देखेर म बेखुशी पक्कै पनि छैन । तपाईंहरु आफूखुशी रमाउनुभएको छ, आफूखुशी खुशी हुनुभएको छ, आपसमा भेटघाट गर्नुभएको छ । त्यसमा त को बेखुशी होला र ? दिदीबहिनी, आफन्तको बीचमा सौहार्दपूर्ण वातावरणमा तपाईंहरु रम्नुभएको छ, सारा दुःख, पीडा भुलेर वर्षदिनको चाडमा खुलेर रमाउनुभएको छ, त्यसमा तपाईंहरुको परिवार र तपाईंहरु खुशी हुनुहुन्छ भने संसारका कुनै पनि दुःखले तपाईंहरुलाई पक्कै पनि छुँदैन ।
सचेत महिलाहरुसँग सानो आग्रह छ, यसलाई अन्यथा नलिइ दिनुहोला, तपाईंहरु खुलेर रमाउँदा, ती रमाइला पलहरु विभिन्न सामाजिक सञ्जालका माध्यमहरुमा क्षणभरमा सार्वजनिक भइसकेका हुन्छन् । कतिपय अवस्थामा तपाईंहरु यति खुलेर रमाउनुहुन्छ कि त्यो दृश्य हामी तपाईंका कोही सात पुस्ताका आफन्त पर्दैनौं र हेर्न सक्दैनौं भने तपाईंहरुका परिवारका सदस्यहरुले कसरी हेर्दा हुन् ? तपाईंका आफन्तहरुले कसरी मूल्यांकन गर्दा हुन् ? यसमा सरोकार राख्नुपर्ने कुनै दायित्व मेरो व्यक्तिगत रुपमा होइन । तर, सामाजिक प्राणी भएको नाताले मात्रै यो सबै कुरा भन्दैछु ।
म के गर्छु, मैले गरेको कामको असर कहाँ कहाँ कसरी पर्छ, आजको क्षणिक रमाइलोले भोलि कहाँ कहाँसम्म असर पुर्याउँछ भन्ने कुराको हेक्का जोकोहीले पनि राख्नुपर्छ, यदि हामी आफूलाई सामाजिक मानव ठान्छौं भने । हिजो उच्च स्थान दिइएका पात्रहरु क्षणभरमा बिलाएका दृष्टान्तहरु खासै पुराना भएका छैनन् । भनेका धार्मिक र सांस्कृतिक दुवै महत्वसँगै आत्मसात गर्ने सामाजिक पर्वहरु हुन् । हामी कसरी रमाउने ? कुन हदसम्म रमाउने ? त्यो कुरा त आफैंले बोध गर्नुपर्ने होइन र ? अश्लील नृत्य गर्दैमा, अपाच्य भाष्य बोल्दैमा पक्कै पनि नारी स्वतन्त्रता स्थापित हुँदैन ।
एकातिर देशमा आर्थिक मन्दी लागेको छ भनिन्छ, अर्कातिर हाम्रा दिदीबहिनीहरु यति खुलेर रमाए कि उस्तै परे एकदिनमै चार पटकसम्म पहिरन फेरेर फरक फरक स्थानमा तीजको दर खाएका तस्विरहरु, भिडियोहरु सामाजिक सञ्जालमा राखेको देखियो । एकथरि महिलाको समूह यतिसम्म रमाउन सक्ने हैसियत बन्दा अर्को समूह एकदिनको पर्व पनि भने जस्तो गरी मनाउन नसक्ने अवस्थामा छ ।
कतिपय अवस्थामा तपाईंहरु यति खुलेर रमाउनुहुन्छ कि त्यो दृश्य हामी तपाईंका कोही सात पुस्ताका आफन्त पर्दैनौं र हेर्न सक्दैनौं भने तपाईंहरुका परिवारका सदस्यहरुले कसरी हेर्दा हुन् ? तपाईंका आफन्तहरुले कसरी मूल्यांकन गर्दा हुन् ?
एकजना महिलाले तीजको दर खाएका महिलाको सामूहिक तस्वीर शेयर गर्दै लेख्नुभयो, ‘हाम्रा दिदीबहिनीहरु रक्सी खानै नपाएर पछि परेका रहेछन्, अब महिला अधिकार पूर्ण हुने भयो । लौ हेर्नुस् तस्वीर ! यत्तिको खुलेआम महिलाहरु रक्सीको नसामा लीन हुन थालेपछि को भन्छ नेपालमा महिला अधिकार छैन भनेर ?’ ती महिलालाई एकाढ महिलाले समर्थन गरेका थिए । अधिकांशले नकारात्मक टिप्पणी गरेका थिए ।
खाए त खाए, तिम्रो घरको खाएका छन र ?
वर्षदिनमा एकचोटी पनि महिला रमाउन नपाउने ?
महिला भएर महिलाको खुशी देखी नसहने असती ?
पुरुषले यसैगरी खाएको देखेको भए पनि फोटो शेयर गर्थ्यो त दिदी ?
आजभोलिका महिलाहरु स्वतन्त्र छन्, आफूले चाहेको लाउन, खान पाउँछन्, यसमा दुनियाँलाई के टाउको दुःखाइ ? यस्ता दर्जनौं प्रतिक्रियाहरु थिए । त्यसको सार के हो भने महिलाहरुलाई जे लाग्छ, जसो गर्दा उनीहरु खुशी हुन्छन्, त्यो गर्न पाउनुपर्छ, कसैले रोक्न पाउँदैन ।
‘आजसम्म दशवटा दर खाने कार्यक्रम भ्याइयो, यो चेलीलाई सम्झेर बोलाउने, खुवाउने सबैलाई हृदयदेखि नै धन्यवाद छ है !’
रातो फूलबुट्टे सारी र रातै चोलो, छड्के तिलहरी र हरियो पोतेमा सजिएको तस्वीरसहित एकजना उच्च तहकै महिला कर्मचारीले सामाजिक सञ्जालमा लेखेको स्टाटस हो यो । ती महिला कर्मचारीको स्टाटसमा प्रतिक्रियाको ओइरो देखिन्थ्यो ।
एकजना शिक्षित पुरुषले उनै महिलाको स्टाटसमा लेखेको प्रतिक्रिया यस्तो थियो,
अरु काम के छ र ? सरकारी कार्यालय हो, अफिस गयो, हाजिर धस्कायो, तीजको कार्यक्रम भन्यो, हिँड्यो ।
तिमीहरुलाई कसले के गर्ने र ? कर्मचारीका पनि नेता कर्मचारी पर्यो क्यारे तिमीहरु, नेता कर्मचारीले काम गर्न पर्दैन, कसले के भन्ने ?
तिमीहरुका अगाडि हाकिम नै नतमस्तक हुन्छन्, तीजको दर खाने भनेको वर्षमा एक दिन हो, महिना दिनअघि देखि खाइँदैन । अफिस टाइममा अफिसमा काम गर नानी, दर खान नहिँड, दर खाने दिन आउन बाँकी नै छ एकसाता ………….तिमीहरु जस्ता नारीलाई भगवानले सद्बुद्धि प्रदान गरुन् ।
तस्वीरमा निकै शालिन देखिएकी महिलाको जवाफ निकै धारिलो देखिन्थ्यो, जवाफमा तिनै महिला कर्मचारीले ती पुरुषलाई निकै लामो जवाफ फर्काइन्-
हो महोदय, तपाईंहरुले जसो गर भन्यो त्यसै गर्नलाई हामी कठपुतली होइनौं । हामी आत्मनिर्भर नारी हौं । हामी हाम्रा आमा-हजुरआमाका पालाका नारी होइनौं । हामी दबिएर बस्दैनौं, आफ्नो स्वतन्त्रतामा रमाउन हामीलाई कसैले छेक्दैन । मेरा लोग्नेले त केही भन्न सक्दैनन्, मेरो फेसबुकको भित्तामा आएर नानाथरि लेख्ने तिमी को हौं ? तिमी पुरुषहरु दशैं आउनुभन्दा महिनादिन अघिदेखि जुवातास खेल्न हुने, हामी नारीहरु तीजमा एक महिना रमाइलो गर्न नहुने ?
चाडबाड भनेका धार्मिक र सांस्कृतिक दुवै महत्वसँगै आत्मसात गर्ने सामाजिक पर्वहरु हुन् । हामी कसरी रमाउने ? कुन हदसम्म रमाउने ? त्यो कुरा त आफैंले बोध गर्नुपर्ने होइन र ? अश्लील नृत्य गर्दैमा, अपाच्य भाष्य बोल्दैमा पक्कै पनि नारी स्वतन्त्रता स्थापित हुँदैन ।
ती महिलाको प्रतिक्रियामा धेरै महिलाहरुको समर्थन देखिन्थ्यो ।
तपाईंले एकदम सही भन्नुभयो साथी, दिदी, बहिनी, ठीक कुरा हो म्याम…काकी, भाउजू…. यस्ता दर्जनौं प्रतिक्रिया उनै महिलाको पक्षमा देखियो ।
यो एउटा सानो उदाहरण हो । यहाँ जवाफ लेख्ने र फर्काउने दुवै समाजमा चिनिएका, शिक्षित र सचेत वर्गका हुन् । उनीहरुको चेत आममानिसको भन्दा स्वाभाविक रुपमा उच्च छ होला । तर, आरोप प्रत्यारोपमा एक-अर्काविरुद्ध खनिँदा एउटा जिम्मेवार कर्मचारीले आफ्नो पदीय मर्यादा बिर्सेका छन् । अर्को जिम्मेवार पुरुषले आफ्नो जिम्मेवारी बिर्सेका छन् । फरक यत्तिमात्रै हो ।
अर्को एकजना समाजमा चिनिएकी पात्रले सामाजिक सञ्जालमा लेख्नुभयो, हामी महिलाहरु जहाँ जाऔं, जे खाऔं, जसो गरौं दुनियालाई के मतलब ? वर्षदिनको चाड हो । हामी खुलेर रमाउन नपाउने ? तिमीहरुका घरको खाएका छैनौं क्यारे !
महिला साथीहरुसँग रक्सीका गिलास समाएको फोटोको क्याप्सनमा लेखिएको वाक्यांश हो यो ।
‘आजभोलिका महिलाहरु पिँजडाका सुँगा होइनन् । यो भन, यो गर भन्दै रटाएर नजरबन्दमा राख्ने महिला होइनन् । स्वच्छन्द आकाशमा जहाँ पनि उड्न सक्छन् आजभोलिका फुक्काफाल नारीहरु । कसैलाई केही भन्नु छ ?’- यही स्टाटस शेयर गर्दै अर्की चिनिएकै महिला पात्रको स्पष्टोक्ति थियो, मेरा बुढाले मलाई केही रोकतोक गर्दैनन्, तिमीलाई जे सुहाउँछ त्यही लगाउ भन्छन् । तर, मैले लगाएका पहिरनले अरु पो जलेको देख्छु । मेरो स्वतन्त्रतामा म रमाउन नपाउने ? जति दिन मनाउन मन लाग्छ, उति दिन तीज मनाउँछु, जस्तो पहिरन सहज हुन्छ, त्यही लगाउँछु । दुनियालाई केको चासो ? हुनेले खाने हो, सक्नेले रमाउने हो । हामी त कमाउने नि हो, रमाउने हो ।
यी प्रतिनिधि पात्रमात्रै हुन् । नेपाली नारीहरुको महान चाड हरितालिका तीज पर्व आउनुभन्दा महिनादिन अघिदेखि खासगरी शहरी भेगमा तीजको रौनक सुरु हुन थाल्छ । हिन्दू नारीहरुको चाड भनिए पनि पछिल्लो समयमा एकाधबाहेक सबै नेपाली नारीहरुको साझा चाडको रुपमा तीज रुपान्तरित भएको छ । हाम्रा आमा, हजुरआमाको पालाको जमाना जस्तो अहिले छैन । समय र परिस्थिति दुवै फेरिएको छ । तर, समय फेरियो भन्दैमा सबै कुरा फेर्न पनि त जायज नहोला कि ? हरेक कुराको खास दिन र खास महत्व हुन्छ । महिना दिनदेखि मनाउन थाल्ने हो भने अबको पुस्ताले कुन दिनलाई तीज मान्छ ?
जसरी दशैंको मेसो पारेर शुभकामना आदानप्रदान, भेटघाट कार्यक्रम भनेर औपचारिक रुपमै जमघट गर्ने गरिन्छ त्यसरी तीजको अवसरमा पनि गर्न नहुने होइन । गरिन्छ, गर्नुपर्छ । तर, कति दिनसम्म तीज मनाउने ? तीजमात्रै होइन, दर कति दिनसम्म खाने ? अहिलेका शहरी भेगका बच्चाहरुलाई दर खाने दिन भनेको के हो भनेर सोध्यौं भने जवाफ के आउँछ ?
एउटा ठूलै दलको औपचारिक कार्यक्रममा हालै तीजको कार्यक्रम आयोजना भएछ । त्यो कार्यक्रमको नृत्यको भिडियो हेर्दा लाज पनि लजाउँथ्यो । धन्य नेता गणहरु ताली पिटिपिटी रमाइरहनु भएको देखिन्थ्यो । किन यति हदसम्म उच्छृंखल बन्न खोज्छौं हामी ? स्वतन्त्रता चाहिन्छ, तर कुन हदसम्म ?
आज फलानाको घरमा गएर खाने, भोलि अर्को आफन्तकोमा गएर खाने, यसरी धेरै दिनसम्म आफन्तकोमा जाँदै खाँदै गर्ने चाड दरखाने हो भन्लान् । दर के हो ? किन दरखाने प्रचलन आयो ? किन खाइन्छ ? यो कुराको महत्व आगामी पुस्ताले कसरी बुझ्छ ? तर, जति दिन मनाए पनि पञ्चाङले बनाएको पात्रोमा आधिकारिक रुपमा तीज एक दिन हुन्छ । दरखाने दिन पनि तोकिएकै छ । कम्तीमा यो कुरा स्वीकार गर्न सक्नुपर्छ । तीज पर्वको अवसरमा दिदीबहिनीको भेटघाट, शुभकामना आदानप्रदान कार्यक्रम भनेर आयोजना गर्दा पनि फरक त नपर्नु पर्ने हो । तर, जहाँ पनि दरखाने कार्यक्रम भन्यो, महिनादिनसम्म दर भन्दै खायो, हिँड्यो । यसले पात्रोमा भएको एक दिनको दरखाने दिनको औचित्य के त ? कहिलेदेखि तीज मनाउन सुरु गर्ने र कहिलेसम्म मनाउने भन्ने कुरामा पो दोधार भएको प्रतित हुँदैछ ।
गाउँघरतिर आजसम्म पनि कृष्ण जन्माष्टमीपछि मात्रै तीज सुरु हुन्छ भन्ने मान्यता छ । शहरको तीजमा धेरै विकृति देखिएका छन् । यो महिला भए पनि पुरुष भए पनि स्वीकार गर्नुपर्छ । तीजका गीतहरु परिवार बसेर हेर्न, सुन्न नसकिने खालका छन् । दिदीबहिनीहरु भेटघाट गरेर खानु, रमाइलो गर्नु सवल पक्ष हो । तर, एउटा वर्गले रमाइलो गर्दा अर्को वर्गले पेटभरि खान पनि पाएको हुँदैन । हुनेखानेहरु हप्तैपिच्छे, दिनैपिच्छे पार्टी प्यालेसमा दर खान जान्छन् ।
तर, उनीहरु हिँड्ने बाटोमा घामपानी नभनी साँझ बिहानको छाक टार्न नाङ्लोमा पसल गर्ने, मकै पोलेर बेच्ने, डोकोमा साग बेच्ने आमा दिदीहरुले तीज कहिले मनाउने ? कसरी मनाउने ? दर कति दिन खाने ? दरमा के खाने ? तीज त लाखौंको गहना लगाएर पहेंलपुर हुने धनी महिला र सडकको किनारामा मकै पोलेर जीविका गुजार्ने महिलामा समान हुनुपर्ने हो । तर, विडम्बना तिनै महिलाले हरेक दिन पोल्ने मकैका घोगाभन्दा मोटा छड्के तिलहरी लगाएर, नयाँ पहिरनमा सजिएर महिलाहरु दर खान हिडिरहँदा ती महिला भने आगोको राप र धुँवामा साँझ–बिहानको छाकको आश कुरेर बसेकी हुन्छिन् ।
कतिपय स्थानमा त औपचारिक रुपमा प्रशासनले सूचना नै जारी गरेको पनि देखियो । भड्किलो तीज मनाउन नपाउने, पैसा उठाएर पार्टी प्यालेसमा तीज मनाउन नपाउने उर्दी पनि जारी भयो । यो समाचार शेयर गर्दै एकजना कविले लेखेका थिए, प्रिय प्रशासन तिमी यस्ता सूचना जारी गर्दै गर । तर, दारु खान हिँडेको पुरुष र दर खान हिँडेकी महिलालालाई कसैले रोक्न सक्दैन । आगे तिम्रो मर्जी !
नराम्रो तर्कमा सहमत हुन नखोजौं, पुरुषले तास खेल्न हुने, हामीले तीज मनाउन नहुने भन्नु यो कस्तो तर्क हो ? खायौं त हाम्रै कमाइ खायौं, दुनियालाई के चासो ? देखायौं त हाम्रो कला देखायौं, दुनियालाई के चासो ? यो कस्तो स्वतन्त्रता हो ? कम्तीमा पर्वको गरिमा राखेर मनाउने गरौं । शालिन, अनुशासित भएर पनि चाडवाड मनाउन सकिन्छ ।
पार्टी प्यालेसमा महँगो दरखाने रकमले हामी वृद्धाश्रममा रहेका बुढा बाआमासँग रमाउन सक्दैनौं र ? अनाथालयमा बस्ने अनाथहरुसँग एकैछिन भए पनि रमाउन सक्दैनौं र ? यो कुरा हामीले कहिले सोच्ने ? एकजना सेवाग्राहीले रुष्ट भएर पीडा पोखेको सम्झन्छु, कार्यालय खुलै छ, कुनै कर्मचारी कार्यकक्षमा छैनन् । मेरो काम आजै गर्नुपर्ने छ । तर, अफिस टाइममा अफिसभित्रै चर्को स्वरमा म्युजिक बजाएर तीजको उन्माद चढेको छ महोदयहरुलाई । महिलाहरु नाचगानमा, पुरुषहरु त्यही रमिता हेर्न, हाम्रो काम कहिले हुन्छ ? तीजकै कार्यक्रम गर्ने भए अन्तै गएर मनाउनु कि आज तीजको कार्यक्रम छ भनेर अफिस बन्द गर्नु नि ! अफिसमा आयो हाजिर गर्यो, दर खान निस्क्यो, धन्य कर्मचारीतन्त्र !
एउटा ठूलै दलको औपचारिक कार्यक्रममा हालै तीजको कार्यक्रम आयोजना भएछ । त्यो कार्यक्रमको नृत्यको भिडियो हेर्दा लाज पनि लजाउँथ्यो । धन्य नेता गणहरु ताली पिटिपिटी रमाइरहनु भएको देखिन्थ्यो । किन यति हदसम्म उच्छृंखल बन्न खोज्छौं हामी ? स्वतन्त्रता चाहिन्छ, तर कुन हदसम्म ? चाड मनाउन पाइन्छ, तर कुन चाड कतिञ्जेलसम्म ? तपाईंले महिनादिन तीज मनाउँदा तपाईंको निकटको मान्छेले महिनादिनसम्म पेटभरि खान नपाएको पनि हुनसक्छ ।
हामी रसिलो भइरहने कि सामाजिक पनि हुने ? कार्यालय समयमा कार्यालयभित्रै काममै बाधा आउने गरी सरकारी कार्यालयले यस्ता कार्यक्रम गर्नुलाई के भन्ने ? नराम्रो तर्कमा सहमत हुन नखोजौं, पुरुषले तास खेल्न हुने, हामीले तीज मनाउन नहुने भन्नु यो कस्तो तर्क हो ? खायौं त हाम्रै कमाइ खायौं, दुनियालाई के चासो ? देखायौं त हाम्रो कला देखायौं, दुनियालाई के चासो ? यो कस्तो स्वतन्त्रता हो ? कम्तीमा पर्वको गरिमा राखेर मनाउने गरौं । शालिन, अनुशासित भएर पनि चाडवाड मनाउन सकिन्छ ।
अन्त्यमा, खुलेर रमाएका दिदीबहिनीहरु माफ गर्नुहोला, तपाईंहरु खुलेर रमाएका भिडियोहरु साना बच्चाले हेर्छन् र बुढा बाआमाले पनि । यसबाट उनीहरुको मानसपटलमा कस्तो प्रभाव पर्छ ? कम्तीमा यो कुरा ख्याल गरिदिनुहोला । आगामी तीज कम्तीमा अहिलेको जस्तो विकृत नबनोस्, सबैको साझा पर्व बन्न सकोस् । हुने खानेको महिनादिन हुँदाखानेको एकदिन नहोस् । सबैलाई तीजको शुभकामना !