बीपीको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय हो : महामन्त्री थापा (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय भएको बताएका छन् ।
शनिवार बीपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले बीपीलाई महामानव भन्दै गर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरू ओझेलमा परेको बताए ।
महामानव भनेर बीपीको विचारमा छलफल नै गर्नु नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय हुने उनले उल्लेख गरे । उनले बीपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको उल्लेख गरे ।
उनले बीपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बीपी माथिको अन्याय भएको बताए ।
महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री भए पनि नैतिक शक्ति र नेता छ की छैन भन्ने प्रश्न खडा भएको बताए ।