सुवास नेम्वाङका छोरा सुहाङले भने- उहाँका बाँकी काम पूरा गर्न पार्टीले हामीलाई आत्मबल देओस् (भिडिओ) – Nepal Press

सुवास नेम्वाङका छोरा सुहाङले भने- उहाँका बाँकी काम पूरा गर्न पार्टीले हामीलाई आत्मबल देओस् (भिडिओ)

काठमाडौं । हृदयाघातका कारण निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले पिताले गर्न बाँकी रहेका काम पूरा गर्न पार्टीले आत्मबल दिने विश्वास व्यक्त गरेका छन् ।

एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटारस्थित निवास पुगेका विष्णु पौडेलसहितका नेताहरूप्रति आभार प्रकट गर्दै उनले पिताले गर्न बाँकी काम धेरै रहेकोले ती काम पूरा गर्न पार्टीले आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।

अधिवक्ता समेत रहेका सुहाङले पिता सुवास नेम्वाङको आकस्मिक निधनबाट मुलुक, पार्टी र परिवारलाई ठूलो क्षति भएकाले बाँकी सपना पूरा गर्न आफू प्रयत्नरत रहने बताए ।

एमालेका प्रमुख सचेतक पदम गिरीले दलको तर्फबाट परिवारलाई समवेदना प्रकट गरेका थिए ।

सुहाङ स्वर्गीय नेम्वाङका कान्छा छोरा हुन् । उनी बुबाको राजनीतिमा समेत सहयोगी थिए ।

नेम्वाङका जेठो छोरा भने बेलायतमा बस्छन् । उनी बुबाको निधनपछि आएका हुन् । दुई छोरीमध्ये जेठी सुशाङ दन्त चिकित्सक र कान्छी सम्या विद्यार्थी हुन् ।


प्रतिक्रिया

3 thoughts on “सुवास नेम्वाङका छोरा सुहाङले भने- उहाँका बाँकी काम पूरा गर्न पार्टीले हामीलाई आत्मबल देओस् (भिडिओ)

  1. हामीले हेर्यौ बिगत कोलोनिजमबाट कंगाल भएका देशहरुको ५० बर्षे ईतिहास, भारत, सिङगापुर,मलेसियन समृद्दी तथा चिन र जापनको आर्थिक उन्नतीको बारेमा अध्यायन गर्दा केपी ओली,प्रचण्ड दाहाल र शेर बहादुरलाई लाज लाग्नु पर्ने हो, हाम्रो देश र उनीहरूको भौगोलिक तथा सामरिक सामर्थ्यतामा के फरक थियो र फड्को मारेका हुन? सबै भन्दा ठुलो कारक त नीतिनिर्माण र भिजन नै हो, नेपाल बनाउने भिजन खोइ?? नेपाल बनाउने राजनेता नभएकै हो? भारत महात्मा गान्धीले,सिङ्गापुर लिक्वान येनले र मलेसिया डा. महमत माहाथीर लगायतले संमृद्दीको लागि आर्थिक बिकास गरे। त्यो सबै देशमा ब्राह्मणहरुको सत्ता चलाउने बागडोर छैन। नेपालमा विभिन्न कालखण्डहरु जोड्दा करिबकरिब २७९ बर्षमा सता चालाएको देखिन्छ यीनले नेपाली समाजको लागी के गरे,के गर्न सिकाए ? प्रस्न यहाँनेर हो ! यस्तै चाल हो भने अब पृथ्वीनारायण गोर्खा बिस्तारीत राजनीतिक यात्रा आदिवासी/जनजातीबाट समर्थन समुल अन्त्य हुन जरुरत पर्छ।

  2. बुबा लाई अन्तिम बिदाइ दिदा ढोगगरेर फर्किदा डा.अमरेस कुमार लाई धक्का दिने तिमिहरुको नियत ठिक छैन सोचदै हौला सहानुभूति को भोट पाउछौ भनेर?गुन्डागर्दी शैलीलाई अब जनता ले भोट् बाट देखाइदिने छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर