नेपाल डाइलग : दक्षिण एसियाली सम्मेलन हुँदै
काठमाडौं । परिवर्तनको अभियान नेपालले नेपाल संवाद दक्षिण एसियाली सम्मेलन को आयोजना गर्ने भएको छ । समाज रूपान्तरणका लागि सकारात्मक सोचको पहल आफैबाट गर्न उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
समाज रूपान्तरणका लागि मानवीय मूल्य मान्यता, आनीबानी तथा स्वचरित्रमा सकारात्मक परिवर्तनका लागि भूमिका खेल्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास आयोजकले लिएको छ ।
यसका साथै दक्षिण एसियाली मुलुकहरू बिच बडेको दुरी लाई कमी ल्याउने र एकता र सद्भाव कायम गर्ने विश्वास लिइएको छ । सहभागीहरूबीच इमन्दारिताका साथ कुराकानी गर्ने र सुन्ने, एक अर्को लाई बुझ्ने सुरक्षित वातावरणको निर्माण गर्ने कार्यक्रम रहेको छ ।
अक्टोबर ६ देखि ९ तारिख (असोज १९ देखी २२) गते सम्म काभ्रेपलान्चोकको बल्थलीमा हुने कार्यक्रममा दक्षिण एसियाली मुलुकहरूबाट ५० भन्दा बढी सहभागी हुनेछन् ।
कार्यक्रममा अनुभव तथा सिकाई आदानप्रदान, सांस्कृतिक साँझ, प्राकृतिक पैदल यात्रा, तथा विश्वास निर्माण गतिविधि लगायतका क्रियाकलाप हुने संस्थाका सदस्य विकास थापा ले जानकारी गराउनु भयो ।
परिवर्तनको अभियान नेपालले नेपालका विभिन्न स्थानहरूमा मधेशी र पहाडी समुदाय बीच विश्वास निर्माण गर्ने, भाइचारा प्रवर्द्धन गर्ने र व्यक्तित्व विकास तथा नैतिक जागरणका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।