पशुपति क्षेत्र वरपर मासु र मदिरा निषेध
नेपाल प्रेस
२०८० भदौ ३१ गते ८:०४
काठमाडौं । हिन्दु नारीहरूको महान् चाड तीजको अवसरमा पशुपति मन्दिर क्षेत्र वरपर मासु र मदिरा निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मन्दिर क्षेत्रका चार किल्ला तोक्दै मासु र मदिरा निषेध गरेको हो ।
प्रशासनले जारी गरेको सूचनामा गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको हो ।
पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले मासु र मदिरा निषेध गरिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर