एनआईसी एशिया बैंकद्वारा ३०.५२ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । एनआईसी एशिया बैंकलले ३०।५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बिहीबार सम्पन्न बैंकको संचालक समितिको ६२९औं बैठकले उक्त प्रस्ताव परित गरेको हो ।
बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ३०.५२ प्रतिशत अर्थात ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ लाभांश वितरण प्रस्ताव गरेको हो ।
बैठकले उक्त प्रस्तावित लाभांश मध्ये २९ प्रतिशत बोनश अर्थात ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ सेयर र १।५२ प्रतिशत नगद लाभांश अर्थात १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।