असोज २५ भित्र समाजवादी ट्रेड युनियनको प्रदेश समिति पुनर्गठन गर्न निर्देशन – Nepal Press

असोज २५ भित्र समाजवादी ट्रेड युनियनको प्रदेश समिति पुनर्गठन गर्न निर्देशन

काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्वद्ध समाजवादी ट्रेड युनियन महासंको नेतृत्व तोकेर असोज २५ भित्रमा समिति पुनर्गठन गर्न निर्देशन दिएको छ।

त्यसका लागि जसपाले कोशीमा यज्ञ राई, मधेसमा विन्देश्वर राय यादव, बागमतीमा सुरेश मोक्तान, गण्डकीमा पूर्ण मोक्तान, लुम्बिनीमा रामबिलास यादव, कर्णालीमा सोनाम लामा र सुदूरपश्चिममा बलराम चौधरी इन्चार्जको जिम्मेवारी दिएको हो।

जसपाले इन्चार्जको जिम्मेवारी पाएकालाई असोज २५ गतेभित्र प्रदेश समिति गठन, पुनर्गठन गर्नुपर्ने, महासंघ अन्तर्गतका १५ वटै घटक सङ्गठनहरु कार्तिक मसान्तसम्म गठन, पुनर्गठन गरिसक्नु पर्ने भनेको छ। शिक्षण, सदस्यता वितरण तथा जिल्ला प्रतिष्ठानसम्म संगठन विस्तारको योजना बनाएको महासंघका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर