समाजवादी ट्रेड युनियनको प्रदेश समिति पुनर्गठनका लागि असोज २५ सम्मको अल्टिमेटम – Nepal Press

समाजवादी ट्रेड युनियनको प्रदेश समिति पुनर्गठनका लागि असोज २५ सम्मको अल्टिमेटम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्वद्ध समाजवादी ट्रेड युनियन महासंघको नेतृत्व तोकेर असोज २५ भित्रमा समिति पुनर्गठन गर्न निर्देशन दिएको छ ।

त्यसका लागि जसपाले कोशीमा यज्ञ राई, मधेशमा विन्देश्वर राय यादव, बागमतीमा सुरेश मोक्तान, गण्डकीमा पूर्ण मोक्तान, लुम्बिनीमा रामबिलास यादव, कर्णालीमा सोनाम लामा र सुदूरपश्चिममा बलराम चौधरी इन्चार्जको जिम्मेवारी दिएको छ ।

जसपाले इन्चार्जको जिम्मेवारी पाएकालाई असोज २५ गतेभित्र प्रदेश समिति गठन, पुनर्गठन गर्नुपर्ने, महासंघअन्तर्गतका १५ वटै घटक संगठनहरू कात्तिक मसान्तसम्म गठन, पुनर्गठन गरिसक्नुपर्ने भनेको छ । शिक्षण, सदस्यता वितरण तथा जिल्ला प्रतिष्ठानसम्म संगठन विस्तारको योजना बनाएको महासंघका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर