२९ जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षामा एकजना मात्र पास – Nepal Press

२९ जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षामा एकजना मात्र पास

काठमाडौं । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा जम्मा एकजना पास भएका छन् । न्याय सेवा अयाोगले साउन १६ देखि २० गतेसम्म जिल्ला न्यायाधीशका लागि आन्तरिक र खुला प्रतिस्पर्धा गराएको थियो ।

आन्तरिक खुला १५ सहित खुलातर्फ ७,महिला २, आदिवासी जनजाति २,मधेशी २ र दलित १ जनाको कोटामा लिइएको परीक्षामा जिल्ला न्यायाधीशका लागि एकजना मात्र पास भएका हुन् । परीक्षामा सबै समूहमा गरी २११ जना सहभागी थिए ।

आयोगले आइतबार प्रकाशन गरेको सूचनामा अन्तर्वार्ताका लागि एकजना मात्र छनौट भएका छन् । आन्तरिक खुलातर्फका प्रतिस्पर्धी पारसमणि पोखरेलमात्र अन्तर्वार्ताका लागि छनौट भएको आयोगले जनाएको छ ।

उनलाई अन्तर्वार्ताका लागि सोमवार बोलाइएको छ । जिल्ला न्यायाधीशको परीक्षामा यसअघि पनि कोटा बमोजिम पास नहुने समस्या थियो । न्याय सेवाका कर्मचारीबाहेक बाहिरबाट जिल्ला न्यायाधीशमा पास भएको रेकर्डसमेत छैन ।


प्रतिक्रिया

One thought on “२९ जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षामा एकजना मात्र पास

  1. सबै मन्त्रालय वा राजकीय काममा चाहे निर्वाचन होस् वा छानविन हरेक काममा कानुन पढेकाहरले भाग खाज्ने र अरुलाई समावेश गर्न नखोज्ने प्रवृत्ति देखिएको त सबैले जानेको कुरा हो । कस्ता मान्छेले न्याय वा कानुन पढेका छन् ? किन निर्णय हुँदैनन् ? किन ढिला हुन्छन् ? र भएका निर्णय पनि हास्यास्पद हुन्छन् भन्ने कुराको रहस्यायोद्घाटन भएको छ । हालै भएको न्यायाधीस हुने परीक्षामा २११ जना सहभागी भएकामा १ जना मात्र पास हुनुले यस कुराको उजागर भएको छ । हेर ! मुख्य पदमा हालिमुहाली गरिरहेकाहरूको बिजोग ? धन्य हाम्रो देश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर