सिटिजन्स बैंकको लाभांश घोषणा – Nepal Press

सिटिजन्स बैंकको लाभांश घोषणा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लाभांश घोषणा गरेको छ ।

आइतबार बैंकको संचालक समितिको ४२८ औं बैठकको निर्णयले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट ५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकका अनुसार आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुने गरी वितरण योग्य मुनाफाबाट २०८० असार मसान्तको चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँकोे ५.७९ प्रतिशतले हुने ८२ करोड २१ लाख ६१ हजर ६५२ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको हो भने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर