गैरीगाउँ घटनाका मुख्य आरोपी ‘बोल्न नसक्ने
नेपाल प्रेस
२०८० भदौ ३१ गते १६:०४
काठमाडौं । प्रहरीले गैरिगाउँको सामूहिक हत्यामा आज एकजनालाई पक्राउ गर्यो । सीसीटीभी फुटेजमा समेत कैद भएका ती व्यक्ति आवाजविहिन भएको प्रहरी स्रोतेल बताएको छ ।
स्रोतले भन्यो, ‘उनी बोल्न सक्दैनन् । तर, हामीले उनीविरुद्ध प्रमाणहरु भेटिसकेका छौं ।’ प्रहरीले उनी एक्लैले चारजनाको हत्या गरेको निस्कर्ष निकालेको छ ।
पक्राउ परेका ती व्यक्ति अन्दाजी २२ वर्षका छन् । उनको कुरा बुझन समस्या भएपछि सांकेतिक भाषा बुझनेलाई झिक्ने तयारी गरेको छ ।
प्रतिक्रिया