ब्याजदर घटबढकाे प्रतिस्पर्धामा उत्रिए बैंकहरु, कसकाे कति ? – Nepal Press

ब्याजदर घटबढकाे प्रतिस्पर्धामा उत्रिए बैंकहरु, कसकाे कति ?

काठमाडौं । वाणिज्य बैंकहरु ब्याजदर तलमाथि गर्न प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल राष्ट्र बैंकले साउनदेखि ब्याजदर तलमाथि गर्ने सुविधा दिएसँगै बैंकहरुलाई प्रतिस्पर्धामा उत्रिएका हुन् ।

असोजका लागि आठ वटा वाणिज्य बैंकले आफ्नो मुद्दती ब्याजदर बढाएका छन् । त्यस्तै आठै वटा बैंकले ब्याजदर घटाएका छन् । थप चार वटा बैंकको ब्याजदर भने स्थिर रहेको छ ।

मुद्दती ब्याजदर बढाउनेमा हिमालयन बैंक सबैभन्दा माथि रहेको छ । हिमालयन बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत रहेको ब्याजदरलाई बढाएर ११.०५ प्रतिशत पुर्‍याएको छ । संस्थागतमा भने ७.९९ प्रतिशत रहेको ब्याजदर ९.०५ प्रतिशत कायम गरेको छ ।

त्यस्तै एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम, नबिल, स्ट्याडर्ड चार्टड, नेपाल एसबीआई र एनआईसी एसिया बैंकले आफ्नो मुद्दती निक्षेप ब्याजदर बढाएका छन् ।

निक्षेप ब्याजदर घटाउनेमा नेपाल बैंक शीर्ष स्थानमा छ । नेपाल बैंकले व्यक्तिगत र संस्थागततर्फ समान १.६० प्रतिशत ब्याजदर घटाएको छ । ब्याजदर घटाउेनमा सिटिजन बैंक इन्टरनेशनल, कुमारी, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज र ग्लोबल आईएमई बैंक रहेका छन् ।

त्यसैगरी माच्छापुच्छ्रे, प्रभु, सिद्धार्थ र एनएमबी बैंकले आफ्नो ब्याजदर स्थिर राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *