एसिया कप फाइनलमा मोहम्मद सिराजको सनसनी- तीन ओभरमै लिए पाँच विकेट – Nepal Press

एसिया कप फाइनलमा मोहम्मद सिराजको सनसनी- तीन ओभरमै लिए पाँच विकेट

काठमाडौं । एसिया कपको फाइनलमा श्रीलंकाविरुद्ध भारतीय बलर मोहम्मद सिराजले सनसनी मच्चाएका छन् । उनले आफ्नो व्यक्तिगत तीन ओभरमा पाँच विकेट लिँदै श्रीलंकालाई धराशायी बनाए ।

टस जितेर श्रीलंकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । जसप्रित बुमराहले तेस्रो बलमै कुशल परेरालाई आउट गरेर श्रीलंकालाई पहिलो झट्का दिएका थिए । त्यसपछि सिराज शो सुरु भयो । उनले आफ्नो पहिलो ओभर मेडन राखे । चौंथो ओभरमा उनले चार विकेट लिए ।

चौंथो ओभरको पहिलो बलमा सिराजले पथुम निसान्कालाई रवीन्द्र जडेजाको हातबाट क्याच गराए । दोस्रो बल सदीरा समराविक्रमाले छोडिदिए । तेस्रो बलमा उनी एलबीडब्लु आउट भए । त्यसपछिको बलमा चरिथ असालांकालाई पनि सिराजले पेभिलियन पठाइदिए ।

सिराजले आफ्नो ह्याट्रिक भने पूरा गर्न सकेनन् । ह्याट्रिक बलमा धनञ्जय डी सिल्भाले चौका निकाले । तर, लगत्तैको बलमा उनी आउट भए ।

तेस्रो ओभरमा फेरि सिराजले एक विकेट थपे । उनले तेस्रो ओभरको चौंथो बलमा दसुन सनाकालाई बोल्ड गरे ।

सिराजको घातक बलिङमा श्रीलंका धराशायी बनेको छ । अहिले क्रिजमा कुशल मेन्डिस र दुनिथ वाल्लालागे खेलिरहेका छन् । श्रीलंका ६ विकेट गुमाएर १८ रनको अवस्थामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर