राज्यको गलत नीतिले अर्थतन्त्र समस्यामा गयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ – Nepal Press

राज्यको गलत नीतिले अर्थतन्त्र समस्यामा गयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्यले लिएको गलत नीतिको कारण अहिले अर्थतन्त्र समस्यामा गएको बताएका छन् ।

नेकपा एमालेले आइतबार आयोजना गरेको ‘बढ्दो महँगी र उपभोक्ता हित’ कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले देशको अर्थतन्त्रमा देखिएको समस्याको कारण राज्यले लिएको नीति भएको बताएका हुन् ।

उनले भने, ‘कोरोना महामारी तथा रसिया र युक्रेन युद्धको कारणले देशको बाह्य क्षेत्र समस्यामा प¥यो । समस्यालाई सम्बोधन गर्न राज्यले केही नीति लियो । त्यो नीतिको कारणले नै अहिले देशको अर्थतन्त्र समस्यामा फसेको हो । त्यति बेला उद्योग वाणिज्य महासंघले राज्यलाई कडा नीति लिनुहुँदैन भनेको थियो । तर ‘कन्ट्रोल इकनोमी’ मा लाने किसिमले नियन्त्रणमा लिनुहुँदैन भन्दा निजी क्षेत्रको कुरा सुनिएन । त्यसैको कारण अहिलेको परिस्थिति आयो । अहिलेको अवस्था कस्तो छ ? छर्लङ्गै रहेको छ ।’

सरकारले ऋण लिएर तलब खुवाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर